• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १७ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

को हुन् आर्थिक मामिलामन्त्री चक्र मल्ल ?

  •   शनिबार, साउन ३०, २०८३ मा प्रकाशित

धनगढी । नेकपा एमालेका नेता मल्ल सुदूरपश्चिमको राजनीतिमा संघर्ष, संगठन र संसदीय भूमिकामार्फत आफ्नो राजनीतिक प्रभाव विस्तार गर्दै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा पुगेका छन्। प्रदेश सभाको निर्वाचनमा पहिलो प्रयासमा पराजित भए पनि दोस्रो प्रयासमा निर्वाचित भएका मल्लले त्यसपछि एमाले संसदीय दलमा प्रमुख सचेतकदेखि पार्टीको केन्द्रीय सदस्य र डोटी जिल्ला इन्चार्जसम्मको जिम्मेवारी सम्हालिसकेका छन्।

भक्तपुरको सल्लाघारीमा २०८२ मंसिरमा सम्पन्न नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट मल्ल केन्द्रीय सदस्य निर्वाचित भए। सुदूरपश्चिम भूगोलबाट खुला सदस्यतर्फ भएको निर्वाचनमा उनले १ हजार ४ सय ८६ मत प्राप्त गर्दै सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए। त्यसयता उनी एमाले केन्द्रीय कमिटी सदस्यसँगै डोटी जिल्ला इन्चार्जको जिम्मेवारीमा छन्।

चुनावी राजनीतिमा पहिलो प्रयासमै पराजय

मल्लले २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनबाट प्रत्यक्ष चुनावी राजनीतिमा प्रवेश गरेका थिए। डोटी निर्वाचन क्षेत्र ‘क’ बाट तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार बनेका उनले नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्कासँग प्रतिस्पर्धा गरेका थिए।

निर्वाचनमा खड्काले १७ हजार ४ सय ६ मत प्राप्त गर्दा मल्लले १६ हजार ७ सय ९२ मत पाए। उनी ६ सय १४ मतान्तरले पराजित भए।

पहिलो निर्वाचनको हारपछि पनि मल्लले राजनीतिक सक्रियता र संगठन निर्माणलाई निरन्तरता दिए। त्यसको पाँच वर्षपछि भएको निर्वाचनमा भने उनले आफूलाई प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिका रूपमा स्थापित गर्न सफल भए।
दोस्रो प्रयासमा संसद् प्रवेश
२०७९ मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा मल्लले सत्ता गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेस डोटी जिल्ला सभापति नरेन्द्रबहादुर सिंहलाई ४ सय ५० मतान्तरले पराजित गरे।

मल्लले १५ हजार २ सय ७९ मत प्राप्त गर्दा सिंहले १४ हजार ८ सय २९ मत पाएका थिए। यससँगै मल्ल पहिलोपटक सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिका रूपमा प्रवेश गरे।

प्रदेश सभा सदस्य बनेपछि उनको संसदीय भूमिका पनि विस्तार भयो। २०८१ साउनमा उनी नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतक चयन भए।
प्रमुख सचेतकका रूपमा उनले प्रदेश सभामा एमालेका सांसदबीच समन्वय गर्ने, संसदीय दलका निर्णय कार्यान्वयन गराउने तथा सरकारका नीति, कार्यक्रम र बजेटका विषयमा पार्टीको धारणा प्रस्तुत गर्ने जिम्मेवारी सम्हाले।

आफ्नै सरकारको बजेटमाथि प्रश्न
प्रमुख सचेतकको जिम्मेवारीमा रहँदा मल्लले आफ्नै पार्टी नेतृत्वको सरकारका निर्णय र बजेटमाथिसमेत प्रश्न उठाएका थिए। २०८३ असारमा सुदूरपश्चिम सरकारले प्रस्तुत गरेको बजेटमाथि एमाले सांसदहरूले खर्च कटौती प्रस्ताव दर्ता गर्दा मल्लले भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा खर्च कटौती प्रस्ताव दर्ता गरेका थिए।

यस घटनाले सरकारमा आफ्नो पार्टी सहभागी भए पनि बजेटको प्राथमिकता र कार्यान्वयनका विषयमा मल्लले स्वतन्त्र राजनीतिक अडान राख्दै आएको देखाउँछ।
राजनीतिक वृत्तमा उनी प्रखर वक्ता, स्पष्ट अडान राख्ने, जुझारु तथा कुशल संगठकका रूपमा परिचित छन्। संगठनभित्र समन्वय गर्ने क्षमता र राजनीतिक परिस्थितिलाई बुझेर अघि बढ्ने उनको शैलीलाई पनि उनको राजनीतिक यात्राको महत्वपूर्ण पक्षका रूपमा हेरिन्छ।

अब आर्थिक मामिलाको जिम्मेवारी
एमाले–कांग्रेसबीचको सत्ता समीकरण परिवर्तन भएसँगै सुदूरपश्चिममा नयाँ राजनीतिक समीकरण निर्माण भएको छ। नेकपाका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएपछि मल्लले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्।

आर्थिक मामिला मन्त्रालय प्रदेश सरकारको सबैभन्दा महत्वपूर्ण मन्त्रालयमध्ये एक हो। प्रदेशको बजेट निर्माण, स्रोत व्यवस्थापन, राजस्व नीति, आर्थिक योजना तथा समग्र वित्तीय व्यवस्थापनसँग मन्त्रालयको प्रत्यक्ष सम्बन्ध हुन्छ।
राजनीतिक रूपमा प्रदेश सभा सदस्य, प्रमुख सचेतक हुँदै पार्टीको केन्द्रीय नेतृत्वमा पुगेका मल्लका लागि अब आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी नयाँ परीक्षा बनेको छ। संसद्मा बजेटका विषयमा प्रश्न उठाउँदै आएका उनले अब आफैं प्रदेशको आर्थिक नीति र बजेट निर्माणको नेतृत्व गर्नुपर्नेछ।

त्यसैले मल्लले मन्त्रालयको जिम्मेवारी कसरी निर्वाह गर्छन्, प्रदेशको सीमित स्रोतलाई कसरी प्राथमिकताका क्षेत्रमा परिचालन गर्छन् र बजेट कार्यान्वयनमा कस्तो प्रभाव पार्छन् भन्ने विषय आगामी दिनमा सुदूरपश्चिमको राजनीतिक र आर्थिक वृत्तमा चासोको विषय बन्नेछ।

शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १७ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.