धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा मन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन् ।
प्रदेशसभा बैठकमा लगातार १० भन्दा बढी पटक बिना सूचना अनुपस्थित रहेको भन्दै प्रदेशसभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरेपछि देउवाको प्रदेशसभा सदस्य पद रिक्त भएको हो ।
सभामुखले आगामी प्रदेशसभा बैठकमा यसबारे औपचारिक जानकारी गराउने तयारी गरेका छन् ।
देउवा गत वर्षको जेनजी आन्दोलनलगत्तै व्यक्तिगत कामका लागि अमेरिका गएका थिए । त्यसक्रममा स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार उपचार तथा विश्राममा रहेको भन्दै उनी अमेरिकामै बसेका छन् ।
अमेरिका गएको करिब ११ महिना बितिसक्दा पनि उनी नेपाल फर्किएका छैनन् ।














