कैलाली । कैलाली र कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका अवैध सामान बरामद गरेको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–७ देवरियास्थित एक घरबाट प्रहरीले भन्सार छली ल्याइएका करिब १ लाख ४२ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न सामान बरामद गरेको हो।
बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३८ वर्षीया निर्मला जोशीले घरमा भण्डारण गरी राखेको अवस्थामा कुर्ती, धोती, गाउनलगायतका सामान फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद सामानसहित जोशीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर, कैलाली पठाइएको छ।
यसैगरी, कञ्चनपुरका विभिन्न स्थानबाट पनि प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका करिब ३१ हजार १५० रुपैयाँ मूल्य बराबरका सामान बरामद गरेको छ।
बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले बेवारिसे अवस्थामा पेय पदार्थ, खाने तेल, कुरकुरे, मलखादलगायतका सामान फेला पारेको हो।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी उक्त सामान नियन्त्रणमा लिएको जनाएको छ।
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














