• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

हिमशिखरको ऋण सहयोगले बिरेन्द्र आत्मनिर्भर व्यवसायी बन्दै

  •   शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित

धनगढी । धनगढी उपमहानगरपालिका–५ जाइका बिरेन्द्र चौधरी अहिले आफ्नै व्यवसायमा व्यस्त छन् । घरायसी सामानको व्यापार गर्दै आएका चौधरीका लागि यो व्यवसाय केवल आम्दानीको माध्यम मात्रै बनेको छैन, आत्मनिर्भर बन्ने आधारसमेत बनेको छ ।

बिरेन्द्र ट्रेड सप्लायर्स सञ्चालन गर्दै आएका चौधरीले केही समयअघिसम्म बुबाले सञ्चालन गर्दै आएको किराना पसलमा बुबासँगै काम गर्थे । बुबाको व्यवसायमा सघाउँदै आएका उनलाई आफ्नै केही गर्नुपर्छ भन्ने सोच आयो । त्यसपछि बुबाको पसल नजिकै उनले घरायसी सामानको छुट्टै व्यवसाय सुरु गरे ।

‘बुबासँगै काम गर्दै आएँ । तर आफूले पनि केही गर्नुपर्छ भन्ने लाग्यो,’ चौधरी भन्छन्, ‘त्यसैले बुबाको पसल नजिकै आफ्नै व्यवसाय सुरु गरेको हुँ । व्यवसाय फरक भए पनि बुबासँग सरसल्लाह गरेर नै अघि बढिरहेको छु ।’

आफ्नो व्यवसाय सुरु गर्न उनलाई आर्थिक स्रोतको आवश्यकता थियो। त्यही बेला उनको साथ बन्यो—हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था ।

चौधरीले हिमशिखरबाट तीन लाख रुपैयाँ ऋण लिएर बिरेन्द्र ट्रेड सप्लायर्स सञ्चालनमा ल्याएका हुन् । सहकारीबाट सहज रूपमा ऋण पाएपछि व्यवसाय सुरु गर्न आफूलाई ठूलो सहयोग पुगेको उनी बताउँछन् ।

‘हिमशिखरबाट तीन लाख रुपैयाँ ऋण लिएर यो व्यवसाय सुरु गरेको हुँ,’ उनी भन्छन्, ‘पसल पनि राम्रो चलेको छ ।

सहकारीको साँवा–ब्याज नियमित रूपमा तिर्दै आएको छु ।’

हिमशिखरसँग चौधरी परिवारको सम्बन्ध भने नयाँ होइन। यसअघि बुबाले सञ्चालन गर्दै आएको किराना पसलका लागि समेत हिमशिखरबाट ऋण लिइएको थियो । त्यही सहकारीसँगको विश्वास र सहकार्यलाई निरन्तरता दिँदै बिरेन्द्रले आफ्नै व्यवसाय अघि बढाएका हुन् ।

व्यवसायबाट हुने आम्दानीले अहिले उनको परिवारको दैनिकी सहज बनाएको छ । ६ सदस्यीय परिवारको घरखर्चदेखि छोराछोरीको पढाइसम्म यही व्यवसायको आम्दानीबाट चलिरहेको छ । परिवारका सदस्यहरूले आम्दानीको केही हिस्सा नियमित रूपमा हिमशिखरमा बचतसमेत गर्दै आएका छन् ।

चौधरीका लागि सहकारीको ऋण केवल रकम प्राप्त गर्ने माध्यम मात्रै बनेन, व्यवसाय सुरु गर्ने अवसरसमेत बन्यो । बिना झन्झट सहज रूपमा ऋण उपलब्ध हुँदा आफूजस्ता साना व्यवसायीलाई उद्यम गर्न ठूलो हौसला मिल्ने गरेको उनको अनुभव छ ।

‘सहकारीको सहज ऋण सुविधाले व्यापार व्यवसाय गर्न धेरै सजिलो भएको छ,’ उनी भन्छन्, ‘ऋण पाएपछि व्यवसाय विस्तार गर्न र आम्दानी गर्न सहज भयो । अहिले आर्थिक अवस्था पनि पहिलेभन्दा राम्रो भएको छ ।’

हिमशिखरबाट लिएको ऋणलाई सही ठाउँमा सदुपयोग गरेर व्यवसाय सञ्चालन गरेका चौधरी अहिले नियमित रूपमा साँवा–ब्याज भुक्तानीसँगै बचतसमेत गर्दै आएका छन् । उनका लागि यो व्यवसाय आम्दानीको स्रोत मात्र नभई भविष्य निर्माणको आधार बनेको छ ।

सहकारीको सहज ऋण, आफ्नै मेहनत र व्यवसायप्रतिको निरन्तरताले बिरेन्द्रलाई अहिले अरूको व्यवसायमा काम गर्ने अवस्थाबाट आफ्नै व्यवसाय सञ्चालन गर्ने आत्मनिर्भर व्यवसायीका रूपमा उभ्याएको छ ।

  • वीरेन्द्र
शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.