• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

संघर्ष, मेहनत र हिमशिखर सहकारीको साथले बदलिएको मुक्तिनाथ नेपालको जीवन

  •   बुधबार, भदौ १०, २०८३ मा प्रकाशित

धनगढी । काम सानो वा ठूलो हुँदैन, निरन्तर मेहनत र संघर्ष गर्दै अघि बढे सफलता एक दिन अवश्य मिल्छ। यसको उदाहरणीय पात्र हुन् धनगढी उपमहानगरपालिका–३ का मुक्तिनाथ नेपाल।
करिब २०६५ सालतिरको कुरा हो। नेपाल धनगढीको चौराहस्थित एउटा घरमा मासिक ७ हजार ५ सय रुपैयाँ भाडा तिरेर बस्दै आएका थिए। कमजोर आर्थिक अवस्थाका कारण परिवारको दैनिक गुजारा चलाउनसमेत चुनौती थियो। तर, परिस्थितिसँग हार मान्नुको सट्टा उनले व्यापार गर्ने सोच बनाए।
व्यवसाय सुरु गर्न आवश्यक लगानी जुटाउने क्रममा उनको परिचय हिमशिखर सहकारी संस्थासँग भयो। सहकारीको सहयोगमा पहिलो वर्षमै करिब १ लाख रुपैयाँसम्म ऋण लिएर उनले धनगढी चौराहमा कपडा पसल सञ्चालनमा ल्याए।

“पहिलेको अवस्था निकै कमजोर थियो। तर, व्यापार गर्दै जाँदा विस्तारै सुधार हुँदै गयो,” नेपालले भने।
अहिले उनको कपडा पसल धनगढीको उत्तरबेहिणी चोकमा सञ्चालनमा छ। करिब १९ वर्षको व्यवसायिक यात्रामा उनले व्यापारबाटै धनगढीमा घर निर्माण गर्न सफल भएका छन्। आफ्ना छोराछोरीलाई काठमाडौंमा पढाउन सक्ने अवस्था बनेकोमा उनी सन्तुष्ट छन्।
नेपालका अनुसार व्यवसाय विस्तारमा हिमशिखर सहकारीको ऋण सहयोग महत्वपूर्ण बनेको छ। उनले हालसम्म पटक–पटक गरी पाँच पटकसम्म सहकारीबाट ऋण लिएका छन्। सुरुमा करिब डेढ लाखदेखि पछिल्ला चरणमा साढे दुई लाख रुपैयाँसम्म ऋण लिएर व्यवसायमा लगानी गरेको उनले बताए।
कपडा पसलसँगै अहिले उनले अर्को व्यवसायका रूपमा अटो रिक्सा पनि सञ्चालनमा ल्याएका छन्।

नेपालका लागि सहकारीको सहयोग केवल आर्थिक ऋणमा मात्र सीमित छैन। त्यसले उनको परिवारको जीवनस्तर सुधार्न, घर निर्माण गर्न तथा छोराछोरीको शिक्षामा लगानी गर्नसमेत महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।
“हिमशिखरको सहयोगले आर्थिक अवस्था सुधार्नुका साथै घर–परिवार र बालबच्चाको पढाइलेखाइ सबै राम्रो हुँदै गएको छ,” उनले भने।
करिब दुई दशक लामो व्यवसायिक यात्रालाई सम्झिँदै नेपाल भन्छन्, “परिश्रम गर्दै गयो भने एक पटक सफलता मिल्दो रहेछ। पहिलेको भन्दा अहिले निकै राम्रो हुँदै गएको छ।”

  • मुक्तिनाथ
बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

सबै

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.