• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

एमाले सुदूरपश्चिम बैठक : पार्टी जागरण अभियानदेखि प्रदेश सरकारका कामको समीक्षा

  •   शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित

धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको १२औँ बैठकले बाढीपहिरो प्रभावितका लागि एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले पार्टी जागरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा प्रदेश सरकारका कामकारबाहीको समीक्षा गर्दै विभिन्न निर्णयसमेत गरेको छ।

एमाले प्रदेश उपसचिव तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले विज्ञप्ति जारी गर्दै बैठकका निर्णयबारे जानकारी दिएकी हुन्।

प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता तथा केन्द्रीय कमिटी उपमहासचिव लेखराज भट्टको प्रमुख आतिथ्यमा धनगढीस्थित पार्टी कार्यालयमा सम्पन्न बैठकमा पार्टीका गतिविधि, सदस्यता नवीकरण, प्रदेश सरकारका कामकारबाही तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

बैठकमा सहभागीहरूले आ–आफ्नो कार्यक्षेत्रमा सञ्चालन भएका पार्टी जागरण अभियान, सदस्यता नवीकरण तथा प्रदेश सरकारका कामकारबाहीबारे समीक्षा रिपोर्ट प्रस्तुत गरेका थिए। प्रदेश कमिटी अध्यक्ष जैशीले प्रदेशका समग्र गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपसचिव तथा कोष तथा वित्त व्यवस्थापन विभाग प्रमुख नरबहादुर विश्वकर्माले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय तथा आर्थिक वर्ष २०८३/८४ को अनुमानित बजेट प्रस्तुत गरेका थिए।

बैठकले पार्टी जागरण अभियानलाई प्रभावकारी बनाउन असोज १५ गतेसम्म जिल्ला कमिटीको बैठक बसेर कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ। यस्तै, अवधि पुगेका जनसंगठनका अधिवेशन तथा सम्मेलन मंसिर मसान्तसम्म सम्पन्न गर्ने र प्रचार तथा प्रकाशन विभागले बाँकी रहेका जिल्लामा पार्टी स्कुल सञ्चालन गर्ने निर्णय गरेको छ। ‘मिसन पार्टी जागरण’ अभियानलाई पालिका तहसम्म विस्तार गर्ने विषयलाई पनि बैठकले प्राथमिकता दिएको छ।

बैठकले रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा र चितवनमा हालै आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।

प्रभावितको उद्धार तथा राहतका लागि प्रदेश कमिटीबाट एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ।

त्यसैगरी, बाढीपहिरो प्रभावितको पुनर्निर्माण, पुनर्स्थापना तथा मृतकका परिवार र घाइतेको उपचारका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। विपद्को समयमा आवश्यक सहयोग गर्न सबैलाई आह्वानसमेत गरिएको छ।

बैठकले किसानले समयमै मल, बीउ तथा कृषि सामग्री पाउन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। चाडपर्वका समयमा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन पनि सरकारसँग माग गरिएको छ।

कालापानी, सुस्ता लगायतका सीमा क्षेत्रमा भइरहेको विदेशी हस्तक्षेपप्रति ध्यानाकर्षण जनाउँदै सीमामा आवतजावत सहज बनाउन तथा दार्चुलाको टिंकर र छाङरुलाई नेपालतर्फबाट सडक सञ्जालमा जोड्ने काम अघि बढाउन सरकारसँग माग गरिएको छ।

सुदूरपश्चिम प्रदेशको नवगठित सरकारलाई बधाई दिँदै बैठकले प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेट जनमुखी बनाउँदै यथाशीघ्र पारित गर्न आग्रह गरेको छ। प्रदेशको राजधानी गोदावरीमा निर्माण गर्ने विषयमा प्रदेश सभाबाट निर्णय भइसकेको उल्लेख गर्दै रिट खारेज भइसकेकाले चालु आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरी राजधानी निर्माणको काम अघि बढाउन पनि माग गरिएको छ।

बैठकले स्वास्थ्य बिमा सुविधाका लागि संघीय सरकारले अनुदान कटौती गरेको विषयमा विरोध जनाउँदै आवश्यक बजेट व्यवस्था गरी स्वास्थ्य बिमा सेवा प्रभावकारी बनाउन माग गरेको छ।

बैठकका प्रमुख अतिथि एमाले उपमहासचिव भट्टले गणतन्त्रको रक्षाका लागि सम्पूर्ण वामपन्थी शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका थिए। उनले पार्टीको जागरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै पार्टीले निर्वाह गर्नुपर्ने भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सबैले आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ थियो।

बैठकमा सुदूरपश्चिम प्रदेश इन्चार्ज दामोदर भण्डारी, केन्द्रीय कमिटी सदस्य,  जिल्ला इन्चार्ज  लगायत प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो।

शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.