• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

हिमशिखरको सहयोगले विदेश जाने सपना त्यागेर स्वदेशमै सफल व्यवसायी बने बमबहादुर बोहरा

  •   सोमबार, भदौ १५, २०८३ मा प्रकाशित

धनगढी । रोजगारीको खोजीमा विदेश जाने तयारीमा रहेका चुरे गाउँपालिका–१ निगालीका बमबहादुर बोहरा अहिले आफ्नै व्यवसायमा जमिसकेका छन्। विदेश गएर अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले उनले विदेश जाने योजना त्यागेर स्वदेशमै व्यवसाय सुरु गरे।
विदेश जाने तयारीमा पासपोर्टसमेत बनाइसकेका बोहराले अन्ततः पासपोर्ट रद्द गरे। त्यसपछि आफ्नै ठाउँमा व्यवसाय गर्ने योजना बनाए। व्यवसाय सुरु गर्न उनलाई आर्थिक स्रोतको अभाव थियो। त्यही बेला हिमशिखर सहकारी संस्थाले दिएको ऋण सहयोग उनका लागि व्यवसायिक यात्राको आधार बन्यो।
बोहराले २०७८ सालमा हिमशिखर सहकारीबाट ८ लाख रुपैयाँ ऋण लिएर ‘बीएस कटेज’ सञ्चालनमा ल्याए। सुरुवाती चरणमा चिया–नास्ताबाट व्यवसाय सुरु गरेका उनले विस्तारै ग्राहकको विश्वास जित्दै व्यापार बढाउँदै लगे।
व्यवसायबाट आम्दानी राम्रो हुन थालेपछि उनले पुनः हिमशिखरबाट ३ लाख रुपैयाँ ऋण लिएर व्यवसायलाई थप व्यवस्थित गरे। व्यापार विस्तार गर्ने क्रममा थप २ लाख रुपैयाँ ऋण लिएर अहिले धनगढी उपमहानगरपालिका–१ मा ‘एम्मी सेकुवा सेन्टर’ सञ्चालन गर्दै आएका छन्।


मालपोत जाने सडकमा रहेको एम्मी सेकुवा सेन्टरमा अहिले मटन सेकुवा, खसीको भुटन, सुव व्वाइल कचमली, कर्क सेकुवालगायतका परिकार पाइन्छन्। ग्राहकको मागअनुसार खानाको समेत व्यवस्था हुने गरेको बोहरा बताउँछन्।
उनका अनुसार दैनिक करिब १५ हजार रुपैयाँसम्मको बिक्री हुने गरेको छ। सबै खर्च कटाएर दैनिक करिब २ हजार रुपैयाँ बचत हुने गरेको उनी बताउँछन्।
“व्यापारबाट म एकदमै सन्तुष्ट छु। हिमशिखर सहकारी संस्थाका कारण आज म यो अवस्थामा पुगेको हुँ,” बोहराले भने, “म विदेश गएको भए कस्तो दुःख पाउँथेँ थाहा छैन, तर हिमशिखरको सहयोगले नेपालमै व्यवसाय गर्ने अवसर पाएँ। अहिले राम्रै भएको छ।”
बोहरा आफैं भने दिनमा एम्बुलेन्स चलाउने कामसमेत गर्छन्। पछिल्लो समय एम्मी सेकुवा सेन्टरको अधिकांश जिम्मेवारी उनकी श्रीमतीले सम्हाल्दै आएकी छन्। व्यवसायसँगै उनले परिवारको जिम्मेवारी पनि निरन्तर निर्वाह गरिरहेका छन्।
छ जनाको परिवार रहेका बोहराका जेठा छोरा कक्षा ५, दुई छोरी मध्ये एक छोरी १० मा अर्को छोरी कक्षा ६ र कान्छा छोरा एलकेजीमा अध्ययनरत छन्। आफ्नै व्यवसायका कारण परिवारसँगै बसेर छोराछोरीको पढाइ र घरायसी जिम्मेवारी पूरा गर्न पाएकोमा उनी खुसी छन्।
“विदेश गएर कमाउनुभन्दा आफ्नै देशमा संघर्ष गर्न सके पनि केही गर्न सकिने रहेछ,” उनी भन्छन्, “अहिले परिवारसँगै बसेर काम गर्न पाएको छु। यही नै मेरो ठूलो खुसी हो।”
हिमशिखरबाट लिएको ऋणसमेत तिरिसकेपछि पुनः ऋण लिएर व्यवसाय विस्तार गर्ने योजना बोहराको छ। मेहनत, निरन्तरता र सही समयमा पाएको आर्थिक सहयोगले विदेशिने सोच बनाएका बोहरालाई अहिले स्वदेशमै उद्यमीका रूपमा स्थापित गरेको छ।

  • हिमशिखर
सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

सबै

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.