• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता २३ हजारभन्दा बढी सदस्य प्रत्यक्ष लाभान्वित हुने

"उपचारमा १० देखि २० प्रतिशतसम्म छुट "
  •   बुधबार, भदौ १७, २०८३ मा प्रकाशित

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र टीकापुर नगरपालिका–१ स्थित ओम कृष्ण अस्पताल तथा रिसर्च सेन्टर प्रालिबीच स्वास्थ्य सेवा तथा सहुलियत प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ।

‘स्वस्थ सदस्य, समृद्ध समुदाय’ भन्ने उद्देश्यका साथ बुधबार आयोजित विशेष समारोहमा दुई संस्थाबीच सम्झौता–पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतासँगै लम्कीचुहा र टीकापुर नगरपालिका, जानकी तथा जोशीपुर गाउँपालिका र बर्दियाको राजापुर नगरपालिका क्षेत्रमा बसोबास गर्ने सहकारीका २३ हजारभन्दा बढी शेयर सदस्य तथा उनीहरूका एकाघरका आश्रित परिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन्।

उपचारमा १० देखि २० प्रतिशतसम्म छुट

सम्झौता अनुसार किसान सहकारीका सदस्य तथा उनीहरूका एकाघरका परिवारले ओम कृष्ण अस्पतालबाट विभिन्न स्वास्थ्य सेवा लिँदा न्यूनतम १० देखि अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन्।

अस्पतालले जनरल बेड तथा क्याबिनमा भर्ना, आईसीयू, एनआईसीयू, सामान्य तथा जटिल शल्यक्रिया, ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे र अस्पतालको आफ्नै फार्मेसीबाट औषधि खरिदमा तोकिएको सहुलियत उपलब्ध गराउनेछ।

यस्तै, ओपीडी दर्ता तथा एमबीबीएस चिकित्सकको परामर्श शुल्क अधिकतम रु. १५० कायम गरिएको छ भने नियमित फलोअप परामर्श निःशुल्क हुने व्यवस्था गरिएको छ।
सहुलियत लिन सेवाग्राहीले अस्पतालको शुल्क भुक्तानी गर्नुअघि किसान सहकारीले जारी गरेको आधिकारिक शेयर सदस्य परिचयपत्र वा सम्बन्धित शाखा कार्यालयको सिफारिसपत्र पेश गर्नुपर्नेछ।

समुदायस्तरमा स्वास्थ्य कार्यक्रम सञ्चालन हुने
सम्झौतापछि ओम कृष्ण अस्पतालका प्रबन्ध निर्देशक कृष्णप्रसाद उपाध्याय (बजगाईं)ले सहकारीका सदस्यलाई सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पाउँदा खुसी व्यक्त गर्नुभयो। उहाँले अत्याधुनिक प्रविधि तथा उपकरण र विशेषज्ञ चिकित्सकको निगरानीमा अस्पतालले प्रदान गरिरहेको स्वास्थ्य सेवाबाट सदस्यहरूले प्रत्यक्ष लाभ लिने विश्वास व्यक्त गर्नुभयो।

किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले सदस्यलाई वित्तीय कारोबारसँगै सामाजिक सुरक्षा तथा स्वास्थ्य सेवामा समेत प्रत्यक्ष टेवा पुर्‍याउने उद्देश्यले अस्पतालसँग सहकार्य गरिएको बताउनुभयो। उहाँले सम्झौताबाट प्राप्त हुने स्वास्थ्य सहुलियतको अधिकतम लाभ लिन सदस्य तथा उनीहरूका परिवारलाई आग्रह गर्नुभयो।

सम्झौता अनुसार दुई संस्थाको संयुक्त पहलमा समुदायस्तरमा निःशुल्क स्वास्थ्य शिविर, मातृशिशु कल्याण तथा विभिन्न स्वास्थ्य सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ।

सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशको राजापुर नगरपालिका कार्यक्षेत्र रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थामा हाल ७६ हजार ८८४ जना शेयर सदस्य आबद्ध रहेका छन्।

  • सहकारी
बुधबार, भदौ १७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.