दार्चुला । जिल्ला अदालत दार्चुलाको फैसलाअनुसार जुवातास मुद्दामा कैद तथा जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
अदालतको मिति २०८३ वैशाख २३ गतेको फैसलाले महाकाली नगरपालिका–४ का ती व्यक्तिलाई २७ दिन कैद र २ सय रुपैयाँ जरिवाना तोकेको थियो।
फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनलाई पक्राउ गरेको हो।
दार्चुलामा जुवातास मुद्दाका फरार प्रतिवादी पक्राउ
दार्चुलामा जुवातास मुद्दाका फरार प्रतिवादी पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














