• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य

  •   शनिबार, भदौ २७, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यता कायम रहेकै बेला प्रदेश सभा पनि करिब तीन सातादेखि गतिविधिविहीन बनेको छ । सरकारको नेतृत्व परिवर्तन भए पनि नीति निर्माण तथा कानुन निर्माण गर्ने प्रदेश सभालाई चलायमान बनाउन सरकारले पहल गर्न सकेको छैन ।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले चालु आर्थिक वर्ष २०८३÷८४ को बजेट पारित गराउन नसकेपछि प्रदेश सभा निष्क्रियजस्तै बनेको हो । शाह नेतृत्वको सरकार ढलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भइसके पनि प्रदेश सभाको गतिविधिले गति लिन सकेको छैन ।

चालु आर्थिक वर्ष सुरु भएयता प्रदेश सभा सरकार गठन र विश्वासको मतसम्बन्धी प्रयोजनका लागि मात्रै दुईपटक बसेको छ । तत्कालीन मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि साउन २८ गते प्रदेश सभा बैठक बोलाइएको थियो । तर, आफू स्पष्ट अल्पमतमा रहेको भन्दै शाहले बैठकमा धारणा राखेर प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने जानकारी गराएका थिए ।

त्यसपछि नयाँ मुख्यमन्त्री भट्टले विश्वासको मत लिन भदौ ३ गते प्रदेश सभा बैठक बसेको थियो । त्यसयता भने प्रदेश सभाको बैठक बस्न सकेको छैन ।

प्रदेश सरकारले बजेट पारित गराउन नसक्दा प्रदेश बजेट शून्यताको अवस्थामा पुगेको छ । नयाँ सरकार गठन भएको तीन साता बितिसक्दा पनि प्रदेश सभा बैठक सञ्चालनको टुङ्गो लाग्न सकेको छैन । प्रदेश सभा सचिवालयको गेटमा समेत तीन सातादेखि ताल्चा लागेको छ ।

प्रदेश सभा बैठक सञ्चालनबारे अहिलेसम्म कुनै जानकारी नआएको प्रदेश सभा सचिवालयकी सूचना अधिकारी तथा उपसचिव ताराकुमारी जोशीले बताइन् । उनका अनुसार सचिवालयमा नयाँ विधेयकसमेत दर्ता भएका छैनन् ।

‘सभाको बैठक सञ्चालनबारे कुनै जानकारी आएको छैन । नयाँ विधेयक पनि दर्ता भएका छैनन्,’ सूचना अधिकारी जोशीले भनिन् ।

नयाँ विधेयक दर्ता नभए पनि प्रदेश सभामा सातवटा विधेयक विचाराधीन अवस्थामा छन् । तीमध्ये २०८१ सालमा दर्ता भएका टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र केही उद्योग तथा वनसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक करिब तीन वर्षदेखि प्रदेश सभामै थन्किएका छन् ।

त्यसैगरी २०८२ सालमा दर्ता भएका पाँचवटा विधेयक पनि लामो समयदेखि विचाराधीन छन् । दलित सशक्तीकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश बरघर र भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामै अड्किएका छन् ।

केही दिनअघि सत्तारूढ दलले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा मुख्यमन्त्री खगराज भट्टले भदौभित्रै नयाँ बजेट प्रदेश सभामा प्रस्तुत गर्ने उल्लेख गरेका छन् । बजेट प्रस्तुत र पारित गर्न प्रदेश सभा बैठक अनिवार्य भएकाले अब सरकारले सभा सञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ ।

  • प्रदेश सरकार
शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

समाचार

सबै

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.