धनगढी । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र दार्चुलाबाट प्रहरीले रु ७ लाख २९ हजार ६० बराबरका भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको छ।
प्रहरीका अनुसार शनिबार कैलालीका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका रु २ लाख ८३ हजार ९ सय बराबरका रेडिमेड कुर्ता सुरुवाल तथा विभिन्न किराना सामान बरामद गरिएको छ ।
यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट रु ३ लाख ३ हजार ८ सय बराबरका बीउबिजन, दाल, तोरी, तेल, गुड, बिँडी, मिठाई, नरिवल, सुर्ती लगायतका किराना सामान बरामद गरिएको छ ।
यसैगरी, दार्चुलाको महाकाली नगरपालिका-९ मेलखेतस्थित खोलाको किनारबाट रु १ लाख ४१ हजार ३ सय ६० बराबरका ७ सय ४४ बण्डल बिँडी बरामद गरिएको छ ।
प्रहरीले बरामद गरिएका सबै सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।






















