कैलाली । नेकपा एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक वडा नम्बर १ को चायाभावरमा सम्पन्न भएको छ।
गाउँ कमिटीका अध्यक्ष बमबहादुर रावलको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज कमला कुमारी ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
बैठकमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य सूर्यबहादुर थापा, प्रदेश कमिटी सदस्यहरू नरबहादुर खड्का र प्रशान्त थापालगायतका नेताहरूको सहभागिता रहेको थियो। सो अवसरमा जिल्ला कमिटी सदस्यहरू टीकाराम भण्डारी र खरप्रसाद अधिकारीले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो।
बैठकले संगठन सुदृढीकरण, पार्टी सदस्यता नवीकरण, पार्टीको सुदृढीकरण तथा शुद्धीकरण र दसैँ मिलन कार्यक्रमलगायतका विषयमा छलफल गर्दै आगामी कार्ययोजना तयार गरेको छ। बैठकले छलफलमा आएका प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको गाउँ कमिटीले जनाएको छ।
बैठकमा पार्टी संगठनलाई थप सुदृढ बनाउने, सदस्यता नवीकरणलाई प्रभावकारी बनाउने तथा आगामी दिनमा सञ्चालन गरिने पार्टी गतिविधिलाई व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको थियो।
गाउँ कमिटीका सचिव गणेश टमटाले सञ्चालन गर्नुभएको बैठकमा उपाध्यक्ष लिलाराम माझीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय
एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार



















