धनगढी । कैलालीको धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका-१९ जे गाउँ बस्ने ४७ वर्षीया लालमोती चौधरीलाई मंगलबार साँझ आफ्नै घरको नल्कामा पानी तान्ने मोटरबाट करेन्ट लागेको हो ।
करेन्ट लागेर घाइते भएकी चौधरीलाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए ।



















