धनगढी । कैलालीको धनगढीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका-४ दक्षिणकाली मार्गबाट बुधबार साँझ प्रहरीले शंकाका आधारमा चेकजाँच गर्दा ३ ग्राम ५८ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेको हो ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका-९ का १९ वर्षीय सन्जय राना, कञ्चनपुरको कृष्णपुर नगरपालिका-७, कलुवापुरका १९ वर्षीय घनश्याम राना र १८ वर्षीय एक किशोर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीसहितबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ ।























