धनगढी । कञ्चनपुरमा लागूऔषध (खैरो हेरोइन)सम्बन्धी मुद्दामा कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला अदालत कञ्चनपुरको २०८१ जेठ ४ गतेको फैसलाले ८ महिना १९ दिन कैद सजाय तोकिएका बेलौरी नगरपालिका-६ बस्ने २९ वर्षीय टेकबहादुर चौधरी पक्राउ परेका हुन् ।
फैसला कार्यान्वयनका क्रममा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ।























