कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
शुक्रबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको UK 03 C 8936 नम्बरको मोटरसाइकलमा सवार बेदकोट नगरपालिका-९ का ३२ वर्षीय हर्केश पाललाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट कोरेक्स १०० एमएलका ५ सिसी र प्रेगाबा (Pregalab 300) ट्याब्लेट ६ पिस फेला पारेको प्रहरीले जनाएको छ।
पक्राउ परेका पालमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।























