कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट भन्सार छली गरी भारतबाट ल्याइएका ८० हजार ४८० रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।
शुक्रबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा उक्त सामान फेला पारेको हो ।
प्रहरीका अनुसार बरामद गरिएका सामानमा मखमली माला, झिलिमिली लाइट, पटाका, रङ्गोली, सप्तरङ्गी टिका लगायतका सामग्री रहेका छन् ।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी ती सामान नियन्त्रणमा लिएको जनाएको छ।























