अछाम । जिल्ला अछाम मंगलसेन न.पा. वडा नं ५ मंगलसेन बजारको एक घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई
आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मंगलसेन,अछामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु.६९,५२५ – र तास गड्डी थान-१ सहित पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । त्यस्तै कैलालीको धनगढी ६ मटियारीको एक घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु-४९,००५ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।























