धनगढी । कैलालीमा सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-३ बस्ने ३५ वर्षीय रामकृष्ण चौधरी रहेका छन्।
जिल्ला अदालत कैलालीले सवारी ज्यान मुद्दामा चार वर्ष कैद सजाय र ४२ हजार रुपैयाँ जरिवाना तोकेपछि उनी फरार रहेका थिए ।
फैसला कार्यान्वयन गर्ने क्रममा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ।























