काठमार्डौ । नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल )को तेस्रो संस्करण सोमवारदेखि सुरु हुदैछ ।
नेपाल क्रिकेट संघ (क्यान ) को आयोजनामा हुने प्रतियोगिता आज कात्तिक ९ देखि मंसिर ५ गतेसम्म( अक्टोबर २६ देखि नोभेम्बर २१) कीर्तिपुरस्थित त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा संचालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदुरपश्चिम रोयल्स भिड्नेछन् । खेल सोमबार बेलुकी साढे ४ बजेपछि सुरु हुनेछ ।























