• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

‘बर्थडे’मा बत्ती निभाउने कि बाल्ने

  •   शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित

डा. लक्ष्मणप्रसाद ज्ञवाली-
हामीले विभिन्न चाडपर्वहरू मनाउने गर्छौ‌ँ। हाम्रो संस्कारअनुसार धेरै चाडपर्वहरू परम्परादेखि मनाउँदै आएका छौँ। जन्मदिन पनि अचेल एउटा पर्व वा संस्कार भइसकेको छ।

विगतमा चाडवाडहरू स्वच्छ र सभ्य रुपमा मनाउने गरिन्थ्यो। तर हिजोआज हरेक संस्कार, रीतिरिवाज, मेलापर्व निकै भड्किला र खर्चिला हुन पुगेका छन्।

आफ्नो क्षमता अनुसारभन्दा देखासिखी र अस्वच्छ प्रतिस्पर्धा निकै बढेको छ। समाजमा यस्ता कुराले सकारात्मक सन्देश प्रवाह गर्न सक्दैनन्। संस्कार वा पर्वमा निहित सरलता, स्वच्छता आदि हराएर जाने खतरा दिनानुदिन बढिरहेको छ।

सक्कली व्यवहार धान्न नसकिने अवस्था भएपछि मानिसले कृतिम व्यवहार गर्न सुरु गर्छ।

त्यसैले हामीले हाम्रो क्षमताका आधारमा व्यवहार गर्न सिक्नु र सक्नु पर्छ। अन्यथा हामीले समाजमा अस्तित्त्व गुमाउन सक्छौँ भन्न सचेत गराउनुपर्छ।

विशेष गरी गाउँ गाउँसम्म पुगेको पश्चिमा संस्कृतिको दुष्प्रभाव न्यूनीकरण गरेर हाम्रो संस्कृतिलाई जगेर्ना गर्नुपर्ने अवस्था आएको छ।

जन्मदिनको सवालमा समाजमा आ(आफ्नै किसिमका प्रचलन रहेका छन्। यस्ता कुराहरूमा जात, धर्म आदिले पनि असर पारेको हुन्छ।

एउटा जातिले गर्दै आएको कुरा अर्को जातिमा गरिँदैन। कुनै सम्प्रदायमा शुभ मानिने कुरा कुनै समुदायमा अशुभ मानिन्छ।

त्यसैले आफूले आफ्नो परम्परा अनुसारको प्रचलनलाई नै निरन्तरता दिनसके राम्रो हुन्छ।

पूर्वीय वा हिन्दु संस्कारमा जन्म दिनमा बत्ती बाल्ने र सकेसम्म त्यो बत्तीलाई रातभर ननिभाइ राख्नु शुभ मानिन्छ।

बत्ती हरेक शुभकार्यको साक्षिको रुपमा लिने हाम्रो मान्यता रहेको छ। तर पश्चिमा संस्कृतिमा जन्मदिन मनाउने समयमा केक काट्ने र बत्ती निभाउने गरिन्छ।

हामीले बत्ती बालेर शुभकार्य गर्नुलाई राम्रो मान्छौँ भने पश्चिमाहरूले बत्ती निभाएर खुशीयाली मनाउछन्। त्यसैले आ(आफ्नो संस्कृति अनुसारको कार्य गर्नु राम्रो हुन्छ।

जन्मदिनमा बत्ती निभाउँदा अशुभ मानिने हाम्रो संस्कार र बत्ती निभाएर जन्मदिनको शुभकामना आदान प्रदान गर्ने पश्चिमी संस्कार दुवै आफ्ना ठाउँमा ठीक छन्।

एकले अर्कोको संस्कार, संस्कृति र प्रचलनलाई सम्मान गर्दै आआफ्नो सभ्यतामा रमाउन सकियो भने मात्र हामी सुखी र खुसी रहन सक्छौँ।

मानिसले आफू जन्मेको दिनलाई विशेष रुपमा सम्झनु आफैमा महत्त्वपूर्ण छ। एकै समयमा जन्मिने मानिसहरूको सबैकुराहरु एकनाश हुदैनन्।

आकाशीय पिण्डहरूको चाल र यसले प्राणी जगतमा पार्नसक्ने असरको लेखा जोखा राख्ने शास्त्र ज्योतिष हो। यसलाई ज्योतिष विज्ञानका रुपमा लिन सकिन्छ।

किनकि ज्योतिष विज्ञानका माध्यमबाटै मानिसहरूले पृथ्वीको कुनै एक कुनामा बसेर सारा खगोलको बारेमा अध्ययन गर्न सकिने प्रणालीको विकास उहिल्यै गरिसकेका थिए।

कुनै आधुनिक प्रविधिको प्रयोगबिना नै सामान्य धुलौटो कोरेर खगोलीय अवस्थाको ज्ञान हासिल गर्न सक्ने हाम्रा पुर्खाप्रति हामीले गौरव गर्नु पर्छ।

आजको कम्प्युटरको जमानामा हम्मे पर्ने कुरा धुलौटो कोरेर पत्ता लगाउन सक्ने हाम्रा महान पूर्वजहरूको सिद्धान्तका आधारमा नै आधुनिक विज्ञानको जग अडिएको छ।

त्यही विशेष सामर्थ्यका कारण आधुनिक प्रविधिको विकास हुनुभन्दा धेरै वर्ष पहिले अन्तरीक्षको अध्ययन भइसकेको थियो।

जन्म दिन र आकाशीय पिण्डको प्रभाव
जन्मदिन मनाउने प्रचलन हाम्रो संस्कृतिमा धेरै पुरानो हो। ज्योतिष शास्त्रका अनुसार मानिसले जब यस धर्तीमा उत्रिन्छ, त्यसैबेलादेखि ऊ सौर्य मण्डलीय ग्रहहरूको प्रभावमा पर्न थाल्छ। सूर्यलाई केन्द्रविन्दु बनाएर सौर्य मण्डलीय ग्रहहरू आफ्नै गतिमा घुमिरहेका हुन्छन्।

यसरी विभिन्न उर्जाको शक्तिकेन्द्र सूर्यलाई आधार मानेर सबै ग्रहहरूले नियमित परिक्रमा गर्छन्। यसरी सूर्यलाई परिक्रमा गर्ने शिलशिलामा विभिन्न आकाशीय पिण्डहरूको असर पृथ्वीमा रहेका विभिन्न जिव जिवात्मामा पर्ने गर्छ।

मानिसको ती सबै आकाशीय पिण्डहरूसँग निकटतम सामिप्य कायम रहेको पाइन्छ।हाम्रो धर्मसंस्कृतिले यिनै आकाशीय पिण्डहरूसँग रहेको मानवीय सम्बन्धलाई नै भाग्य भनेर व्याख्या गरेका छन्।

नौ ग्रहले मानिसलाई विभिन्न किसिमले पारेको असर नै मानिसको भाग्य हो। मानिसको सौर्य मण्डलीय पिण्डहरूसँग नजिकको सम्बन्ध रहेको छ।

ती आकाशीय पिण्डहरूको गति र मानव जीवन अन्योन्याश्रित भएर रहेका छन्। त्यसैले ज्योतिष शास्त्रले नौ ग्रहको आधारमा मानिसको भूत, वर्तमान र भविष्य बताउन सक्ने वातावरण भएको हो।

हाम्रा कतिपय अग्रजहरूले मानिसको जन्मदिन चन्द्रमानको आधारमा परिवर्तन हुने तिथिको आधारमा मनाउने गर्छन्।

तर वास्तविक अवस्था भने सौर्यमानका आधारमा परिवर्तन हुने हुनाले महिना गतेका आधारमा जन्म दिन मनाउने गरिनु उचित हुनेकुरा ज्योतिषविद्हरूको रहेको छ।

अहिलेसम्म सबै प्राणीहरूलाई सबैभन्दा प्यारो हुने भनेको जीवन नै हो। अर्थात प्राण भन्दा प्यारो अरु कुनै चिज मानिसलाई हुदैन। अन्य सबै चिज गुमाएर भएपनि प्राणीहरूले प्राण रक्षा गर्ने गरेको पाइन्छ।

संसारमा सबै कुरा अनिश्चित छन्। तर सबै प्राणीहरूको जन्म पछि मृत्यु भने निश्चित छ। हरेक प्राणीले सबैभन्दा प्यारो गरी सुरक्षित गर्न खोज्ने भनेकै प्राण हो।

मानिस सचेत प्राणी भएको हुनाले अन्य प्राणीको तुलनामा प्राण रक्षाका निम्ति अनेकौ उपायहरू अपनाउने गरेको हुन्छ। यति हुँदाहुँदै पनि मृत्यु रोक्ने उपाय भने अहिलेसम्म कसैले पत्ता लगाउन सकेको छैन।

संसारको गति र प्रकृतिको साश्वत नियमसहितको प्रणाली यसै कारण सुचारु र अविछिन्न रुपमा सञ्चालित रहेको छ।

एउटा सानो भूगोलमा रहेर आफू वरिपरिको क्षितिजलाई नै संसार सम्झने समयमा प्रतिपादन गरिएको ज्योतिष शास्त्रले पनि विज्ञानले प्रतिपादन गरेका तथ्यहरू भन्दा फरक सिद्धान्त बनाएको थिएन।

सञ्चार र यातायातको सुविधा विहीन युगमा प्रतिपादित सिद्धान्तमा समेत एकरुपता हुनु भनेकै सत्य र वैज्ञानिक छ भन्न सकिने अवस्था छ।

हिजोका दिनमा प्रविधिको विकास नहुँदैको अप्ठ्यारो परिस्थितिमा प्रतिपादित सिद्धान्तका आधारमा आज पनि ज्योतिष विज्ञान सशक्त र जिवन्त अवस्थामा चलिरहेको छ। भाषा, धर्म, संस्कृति आदि फरक हुन सक्छन् तर पनि निचोडमा परिणाम उही नै हो।

आखिर पृथ्वीमा जन्मिने सबै प्राणीहरूमा आकाशीय पिण्डहरूको असर परेकै हुन्छ। त्यसलाई बुझ्ने र लिने तरिकामा मात्र भिन्नता हुन्छ।

कसैले त्यसलाई धर्मको रुपमा लिने गरेका हुन्छन्। कसैले परम्परा वा संस्कारका रुपमा लिने गर्छन् भने कसैले त्यसलाई विज्ञानका रुपमा व्याख्या गरेको पाइन्छ। त्यसैले मानिसले स्विकारेका सबै कुरा मानव जीवनसँग सम्बन्धित रहेका हुन्छन्।

मानव स्वास्थ्य, सम्बृद्धि, शान्ति आदि कायम गरेर समाजलाई सुशासित रुपमा सञ्चालन गर्ने सबैको अभिप्राय रहेको हुन्छ। कुनै पनि दार्शनिकले प्रतिपादन गरेको सिद्धान्तले समाज ध्वश्त गराउने तर्फ लैजाँदैन।

सबैको उद्देश्य समाज शान्त रुपमा सञ्चालित हुनु पर्छ भन्ने नै हो। जीवन र जगतलाई जसरी बुझे पनि मानव जीवनमा आकाशीय पिण्डहरूको प्रभाव परेको हुन्छ भन्ने कुरामा सबैको सहमति रहेको पाइन्छ।

जुन शास्त्रको नाममा भएपनि यो कुरा स्वीकारिएको छ। ब्रह्माण्डमा रहेका आकाशीय पिण्डहरू हरेक प्राणीको जीवनसँग अन्तर सम्बन्धित रहेका छन्।

त्यसैले हरेक समुदायका मानिसहरूले जन्म र मृत्युसँग सम्बन्धित केही न केही संस्कार गर्ने गरेको पाइन्छ। कुनै समुदायमा यस्ता संस्कार नरम प्रकृतिका हुन्छन् भने कुनै सम्प्रदायमा यस्ता संस्कारलाई निकै कट्टरताका साथ लिइन्छ।

जे जसरी होस हामीले पनि आफ्नै तरिकाले जन्मदिन मनाउने गरेका छौं। त्यसैले हामीले एक अर्काको परम्पराको सम्मान गर्दै आफ्नो रीतिरिवाजलाई अँगाल्नु हाम्रो मौलिक अधिकार पनि हो।

हाम्रा पूर्वजहरूले हजारौ वर्ष लगाएर प्रतिपादन गरेका कुराहरू तथ्य विहीन हुन सक्दैनन्। तर वीचमा केही व्यक्तिहरूले संस्कार संस्कृति आदिलाई अतिरञ्जित गराएर धर्मसँग जोडेर आफ्नो निहित स्वार्थमा प्रयोग गरेको हुनाले विगतका राम्रा प्रचलनहरूले समेत उचित स्थान पाउन सकेनन्।

क्षमताका आधारमा ठूलो मान्छे बनाइने परम्परामा जन्मका आधारमा ठूलो मान्छे बनाइने कुप्रथा आएपछि राम्रा कुराहरूले पनि विश्वास गुमाउनु परेको हो।

विद्वताका आधारमा गरिने तर्कलाई कुलीनताका ओझेलमा पारेर समग्र संस्कृतिको नै अवमूल्यन गरिको थियो।

डार्कएजमा आएर सभ्यतालाई नै समाप्त गराउने गरी धर्मको अतिवादि चरित्र देखाएर तत्कालीन धर्म गुरुहरूले सबै सम्प्रदायका राम्रा पक्षहरूको समेत विश्वास गुमाइ दिएका थिए।

त्यसै समयदेखि नै हाम्रा संस्कारहरू धर्मका नाममा अतिरञ्जित तरिकाले अपव्याख्या गरिन थालेका हुन्। जसको असर आजसम्म पनि हामीले भोगिरहेका छौ।

त्यसैले हामीले विगतका तर्कपूर्ण र वैज्ञानिक महत्त्वका संस्कारहरूलाई निरन्तरता दिँदै विगारिएका प्रचलनहरूलाई वैज्ञानिक बनाएर लैजानु आजको अर्को कर्तव्य हो।

ज्योतिष विज्ञानले निर्दिष्ट गरेका कैयौ प्रमाणित तथ्यहरू पनि आज धर्मका नाममा अवमूल्यन हुदै आएका छन्। चाहे जन्म संस्कारको कुरा होस् वा मृत्यु संस्कारको कुरा होस् सबैलाई यथार्थवादी चिन्तनबाट अगालिनुपर्छ।

निरपेक्ष रुपमा कुनै पनि प्रचलनको मूल्याङ्कन गरिनुहुँदैन। हामीले जन्मदिन मनाउँदा पनि हाम्रो परम्परागत मान्यता, त्यसको वैज्ञानिक पक्ष र सामाजिक स्विकृतिलाई ख्याल गरेर मात्र अघि बढियो भने सबै पक्षको हितमा नै हुनेछ। नेपाल खबरबाट

  • बर्थडे’मा बत्ती#
शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.