बैतडी – वाईवाई यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीमा छनौट प्रतियोगिता सञ्चालन गरिएको छ। जिल्लामा रहेका क्लबमा रहेका यू १९ खेलाडीलाई बोलाएर छनौट प्रतियोगिता सञ्चालन गरिएको छ।
छनौट प्रतियोगितामा बैतडी ए र बैतडी बी गरेर दुई टोली बनाइएको प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले जानकारी दिए। देहिमाण्डौँमा शुरु भएको उक्त छनौट प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ।
उक्त छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट बैतडीको टोली घोषणा गरिनेछ। उक्त टोली सुदूरपश्चिम प्रदेशस्तरीय छनौट प्रतियोगितामा सहभागी हुनेछ।
नेपाल क्रिकेट संघको आयोजना वाईवाई यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अगामी मंसिर ६ गतेदेखि काठमाडौंमा शुरु हुँदै छ।













