काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा झरेको छ।चाँदीको भाउ भने मंगलबार स्थिर देखिएको छ। चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ।













