डोटी- डोटीमा गएराति भूकम्पमा परी गम्भीर घाइते भएकाहरुको नेपाली सेनासहितका सुरक्षाकर्मीले उद्धार गरिरहेको छ । घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि केही बेरअघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्याएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।
घाइते पाँचजनाको उपचार जिल्ला डोटी अस्पतालमा भइरहेको छ। पशुचौपायाको पनि उद्धार गरिरहेको प्रहरीले जनाएको छ । गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो। हालसम्म भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ ।













