धनगढी- चैतन्य एकेडेमीले धनगढीमा पाँच दिने नि: शुल्क बहुआयामिक लोकसेवा शिविर सञ्चालन गर्ने भएको छ । यही कार्तिक २६ गतेदेखि ३० गतेसम्म शिविरको आयोजना गरिने एकेडेमीले जनाएको हो ।
काठमाडौंमा विगत १० वर्षदेखि गुणस्तरीय रूपमा विभिन्न सरकारी सेवाका तयारी कक्षा सञ्चालन गर्दै आएको एकेडेमीले धनगढीमा शाखा विस्तार गरेसँगै शिविरको आयोजना गरेको छ ।
लोकसेवाका साथै विभिन्न सरकारी सेवाका बारेमा जानकारी दिन पाँच दिने शिविरको आयोजना गरिएको एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले बताए । ‘हामीले लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूलाई विभिन्न सरकारी सेवाका बारेमा जानकारी दिन यो शिविरको आयोजना गरेका हौं। शिविरमा विज्ञ प्रशिक्षकहरूले विद्यार्थीहरूलाई विविध पक्षमा जानकारी दिनुहुने छ,’ जोशीले भने ।
उनले पाँच दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी साढे ४:३० बजेदेखि साढे ६:३० बजेसम्म अभिमूखि करण शिविर सञ्चालन हुने बताए ।
लोकसेवा आयोग, शिक्षक सेवा आयोग, बैंकिङ्ग, स्वास्थ्य सेवा, सुरक्षा सेवा,संस्थान एवम् सम्पूर्ण प्रतिस्पर्धात्मक गुणस्तरीय तयारीका लागि चैतन्यले धनगढीमा शाखा विस्तार गरेको जोशीले बताए ।
सुदूरपश्चिमबाट संघीय राजधानी काठमाडौं आएर तयारी गर्न निकै महँगो हुने भएकाले धनगढीमै रहेर विद्यार्थीहरूले गुणस्तीय तयारी कक्षा लिन पाउन भन्ने उदेश्यले शाखा विस्तार गरिएको उनले बताए । जोशीले काठमाडौंबाट नै विज्ञ प्रशिक्षक लगेर धनगढीमा कक्षा सञ्चालन गरिरहेको जानकारी दिए ।
उनले भौतिक रूपमा कक्षा लिन नसक्नेहरूका लागि अनलाइन सेवाको समेत सुविधा रहेको बताए । एकेडेमीको धनगढी शाखामा कार्यरत कर्मचारी योगेश फुलाराले गाउँघरमै विज्ञ प्रशिक्षकबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउँदा विद्यार्थीहरू खुसी रहेको बताए ।













