कैलाली- विभिन्न पार्टी परित्याग गर्दै एक हजार बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन ।
शनिबार अत्तरियामा आयोजना गरिएको चुनावी सभामा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य सुरत भुलसहतिका एक जना बढी नेता कार्यकर्ता पार्टीमा प्रवेश गरेको एमालेले जनाएको छ ।
ज्येष्ठ नागरिक मञ्चका सुदूरपश्चिम प्रदेश सदस्य धनराज आउजी,माओवादीका जिल्ला कमिटी सदस्य सन्तोष आउजी,नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य पुष्पराज अवस्थीसहित माओवादी, काङ्ग्रेस,नेकपाएस,राप्रपाबाट उनीहरू एमाले प्रवेश गरेका हुन ।
उनीहरूलाई पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी राना लगायतका नेताले पार्टीमा स्वागत गरेका हुन । शनिबार अत्तरिया,कैलालीमा आयोजित एमालेको चुनावी सभाबाट उनीहरु एमालेमा प्रवेश गरेका हुन ।














