धनगढी । बझाङमा ३ किलो २६५ ग्राम चरेशसहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको बुंगल नगरपालिका-४ बिजगडा बजारस्थित जनक कार्कीको घरको कोठाबाट उक्त पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ४३ वर्षीय जनक कार्कीको घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा चरेशजस्तो देखिने कालो पदार्थ फेला परेको हो ।
उक्त पदार्थसहित घरधनी कार्की र सोही कारोबारमा संलग्न रहेको आरोपमा बुंगल नगरपालिका-६ का ५७ वर्षीय जितबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बझाङसहितबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।























