• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

मधुमेह के हो ? कसरी बँच्ने ?

  •   सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित

मधुमेह अर्थात डाइबेटिसलाई सामान्यभाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । प्यांक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुन् । इन्सुलिन हर्मोनको अनियमितता हुदा मधुमेह हुन जान्छ ।

इन्सुलिनले चिनि अर्थात कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । तर जब इन्सुलिनको उत्पादन हुन छाड्छ रगतमा चिनिको मात्रा बढ्न थाल्छ । प्यांक्रियाजले प्रयाप्त इन्सुलिन उत्पादन नगर्दा वा सरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुनजान्छ ।

रगत विना रक्तसंचार प्रणालीको कल्पना गर्न सकिदैन । पानी , रक्तकोष , विभिन्न लवण तथा रसायनहरुको समिश्रणबाट बनेको रगतमा तत् तत् पदार्थहरु निश्चित अनुपातमा रहेका हुन्छन् । यदि रगतमा भएका कुनै पनि पदार्थको मात्रा अर्थात गुणमा परिवर्तन भयो भने समग्र रक्तसंचार प्रणाली र सरिरको आन्तरिक कार्यसंचालनमा बाधा पुग्छ जान्छ ।

जिवन यापनमा आइरहेको परिवर्तन , विलासी जिवलशैली तथा भौतिक मेहेनतको कमीले मधुमेहका रोगी दिनानुदिन बढिरहेका छन् ।

विश्वमा करीब २२ करोड मानिस मधुमेह बाट प्रभावित रहेको र आगामी २०३० सम्ममा यो संख्या दोब्बर हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पनि ४० वर्ष सम्म उमेर समुहका करीब १५ प्रतिशत मधुमेहबाट ग्रसित रहेको र सो उमेर समुहभन्दा माथिका करीब १९ प्रतिशतलाई मधुमेह लागेको बताइएको छ ।

ग्रामिण क्षेत्रमा भन्दा पनि सहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ । नेपालको ग्रामिण क्षेत्रमा जम्मा २ प्रतिशत व्यक्ति मधुमेहबाट प्रभावित भएका छन् ।

अमेरिकामा करीब १५ लाख मानिस मधुमेहबाट पिडित रहेको र बेलायतमा करीब १६ लाख मानिस लाई मधुमेह लागेको बताइएको छ । विश्वमा रोगबाट मर्नेहरु मध्ये ५ प्रतिशत मधुहेहका रोगी रहेका छन् । यदि तत्काल कुनै प्रभावकारी कदम नचालिएमा आउदो १० वर्षमा मधुमेहबाट ज्यान गुमाउनेको संख्या ५० प्रतिशतले बढ्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सन् २००५ मा मात्रै करीब ११ लाख मानिसले यो रोगबाट ज्यान गुमाएका थिए र वर्षेनी सो संख्या बढिरहेको छ । मधुमेहका रोगी मध्ये करीब ८० प्रतिशत मध्यम र निम्न आय भएका मुलुकमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विगत ३० वर्षमा बालबालिकामा हुने मधुमेह तिन गुणाले बढेको बताइएको छ ।

मधुमेहको कारण

सरिरमा प्रयाप्त इन्सुलिनको उत्पादन नहुदा वा सरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा रगतमा चिनिको मात्रा बढ्न गइ मधुमेह हुनजान्छ । जसका निम्न कारणहरु हुन्छन्ः

१. आनुवांशिक कारण , बाबु आमामा मधुमेह भएको खण्डमा छोराछोरीमा पनि सर्ने सम्भावना २० प्रतिशत रहेको चिकित्सक हरुले जनाएका छन् । तसर्थ अभिभावक बाट सन्तानमा मधुमेह सर्न सक्ने सम्भावना रहेको हुन्छ ।

२. बढि मोटो रहनु र आवश्यक भन्दा बढि तौल हुदा मधुमेह हुने सम्भावना बढि हुन्छ ।

३. भाइरसको संक्रमणः यो मधुमेहको प्रमुख कारक हो । प्यांक्रियाजको विटा कोश ९जसले इन्सुलिन उत्पादन गर्छ ० मा भाइरसको संक्रमण हुदा इन्सुलिनको उत्पादन हुन सक्दैन जसको कारण मधुमेह हुन जान्छ ।

४.व्यायामको कमी , अस्वस्थ आहार विहार , उच्च रक्तचाप र रगतमा बढि कोलेस्टेरोल हुनु पनि मधुमेहका कारक हुन्।

मधुमेहका प्रकार

मधुमेह मुख्यतया तिन प्रकारका हुन्छन् ।
क. टाइप वानः यो सामान्यतया बालबालिकामा हुने गर्छ । जहा इन्सुलिनको उत्पादन सुन्य अर्थात अत्यन्त न्युन हुन्छ । रोगीलाई बचाउन कृत्रिम रुपमा इन्जेक्सनद्धारा इन्सुलिन दिनुपर्ने हुन्छ ।

ख. टाइप टुः यो सामान्यतया प्रौढ अवस्थामा हुने गर्छ र विश्वमा भएका मधुमेही मध्ये धेरै यही प्रकारको मधुमेहका रोगी रहेका छन् । यसमा प्यांक्रियाजले कम इन्सुलिन उत्पादन गर्छ र सरिरले पनि इन्सुलिनको ग्रहण गर्न असक्षम हुन्छ । उमेर बढ्दै जादा यो प्रकारको मधुमेहबाट व्यक्ति ग्रसित बन्ने गर्छन् ।

ग. जेस्टेसनल मधुमेहः गर्भबती महिलाहरुमा जुनैपनि बेला रगतमा चिनिको मात्रा उच्च हुनगइ मधुमेह हुनजान्छ । यस्तो प्रकारको मधुमेहलाई जेस्टेसनल मधुमेह भनिन्छ ।

मधुमेहका लक्षण

१- छिटो छिटो पिसाव लाग्ने र तिर्खालाग्ने
२- बढि भोक लाग्ने , आखा तिरमिराउने
३- शरिरको वजन घट्ने , थकाइ महसुस हुने
४- वाकवाकी लाग्ने
५- लामो समयसम्म चोटपटक निको नहुने
५- हात खुट्टा झमझमाउनु , रिंगटा लाग्नु

मधुमेहका रोगीमा अन्धोपन हुनसक्ने सम्भावना अत्यधिक रहेको हुन्छ । करीब १५ वर्षसम्म मधुमेहबाट ग्रसित बनेको करीब २ प्रतिसत रोगीमा पुर्ण रुपमा दृष्टिविहिन हुने सम्भावना रहेको हुन्छ ।

रगतमा भएको अध्यधिक ग्लुकोजले आखाको रेटिनामा भएको रक्तनलीमा क्षति पुराउने गर्छ । मधुमेहले स्नायु प्रणालीको मुख्य अंग मस्तिष्कमा पनि क्षति पुराउन सक्छ ।

मधुमेहका रोगीमा मृगौलाको रोग हुने सम्भावना पनि अत्यधिक रहेको हुन्छ । मधुमेहका कारण मुटुका विभिन्न रोग देखिने समस्या धेरै रहेको हुन्छ । करीब ५० प्रतिशत मधुमेहका रोगी मुटु तथा नशा सम्बन्धी रोगका कारण मर्ने एक अध्ययनले देखाएको छ ।

मधुमेहको उपचार

मधुमेहको उपचार सम्भव छैन । यो रोगलागिसकेपछि रोगीको आयु बढाउने अर्थात् यो रोगको व्यवस्थापन गर्ने विकल्प मात्र बाकि रहन्छ ।

मधुमेहको व्यवस्थापन भनेकै रगतमा भएको चिनिको मात्रा घटाउनु हो र रक्तकोशमा क्षति पुराउने अन्य तत्वको निवारण गर्नु हो । जसको लागि निम्न उपाय अपनाउन सकिन्छः

१- इन्सुलिनको मात्रा यथावत राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोपमार्फत नियमित इन्सुलिन लिने

२- रक्तचाप नियन्त्रण गर्ने

३-खानामा विशेष ध्यान पुराउने , बढि कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने

४- धुम्रपान र मध्यपान त्याग्ने

५- बढि चिल्लो युक्त पदार्थको सेवन नगर्ने

६- सन्तुलित र नियमित भोजन लिने , नियमित व्यायाम गर्ने

 

  • मधुमेह
सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
डा.केसी पक्ष र सरकारबीच वार्ता हुँदै

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.