• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

अछाम–१ मा दलका उम्मेदवारलाई स्वतन्त्र भारी, कस्तो आउला नतिजा ?

  •   मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित

धनगढी- अछाम निर्वाचन क्षेत्र नम्बर १ मा दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार राजन कुँवरले कडा चुनौती दिएका छन् । यहाँ सत्ता गठबन्धनले एकीकृत समाजवादीका तर्फबाट श्रममन्त्री शेरबहादुर कुँवर र एमालेले झपटबहादुर बोहरालाई उम्मेदवार बनाएको छ ।

स्थानीय तह निर्वाचनमा तीन हजार भन्दा पनि कम मत पाएको एकीकृत समाजवादीलाई पार्टी नेतृत्वले क्षेत्र छाडेपछि कांग्रेसका युवा नेता कुँवरले ‘बागी’ अर्थात स्वतन्त्र उम्मेदवारी दिएका छन्।

स्थानीय तह निर्वाचन परिणामअनुसार अछाम–१ मा कांग्रेस १६ हजार ७ सय २८ मतका साथ पहिलो पार्टी छ । एमालेको १६ हजार ५ सय ६७, माओवादीको ६ हजार ७ सय ९० र एकीकृत माओवादीको २ हजार ७ सय ५२ मत छ । सो आधारमा कांग्रेसको मत ‘बागी’ले काटेपछि एमाले उम्मेदवार बोहरालाई निर्वाचन जित्न सहज हुन सक्थ्यो । तर यहाँ एमालेले नेता भीम रावलको टिकट खोसेर माओबादीबाट एमाले प्रवेश गरेका बोहरालाई दिएपछि एमालेमा असन्तुष्टि छ ।

अछाम–१ एमाले नेता भीम रावलले लड्दै आएको निर्वाचन क्षेत्र हो। यसपटक उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकटबाट वञ्चित गरेर उम्मेदवार हुन रोकेका हुन् ।

रावलले टिकट नपाएपछि उनका समर्थकले जसलाई सहयोग गर्छन् उसले नै जित्ने देखिन्छ । यद्यपि उनले यसअघि नै एमालेका सबै उम्मेदवारलाई सहयोग गर्न नसकिने प्रतिक्रिया दिइसकेका छन् । आफ्नो क्षेत्रका बारेमा पनि उनले स्पष्ट बोलेका छैनन् । रावलले टिकट नपाएपछि एमालेका वडा, पालिका, क्षेत्र तथा जिल्ला कमिटीका दर्जनौं नेता कार्यकर्ताहरूले पदबाट राजीनामा दिइसकेका छन्।

एमालेका असन्तुष्ट र गठबन्धनमा विद्रोह गरेकाहरुसंग मिल्न सके नजिता राजन कुँवरको पक्षमा आउन सक्ने सम्भावना रहको बताइन्छ । उनी एमाले र गठबन्धनका उम्मेदवारलाई भारी पर्नसक्ने बताउन थालिएको छ ।

युवामाझ लोकप्रिय राजन आफ्नो उम्मेदवारी कसैलाई पराजित गर्न भन्दा पनि आम युवाहरूको चाहाना अनुसार भएको बताउछन् । राजनीतिक दलहरूप्रतिको आम जनताको बितृष्णा र ठूला सबै पार्टीमा टिकट वितरणप्रति रहेको असन्तुष्टि नै आफ्नो जित्ने आधार भएको उनको दाबी छ । युवाहरूको आफूप्रतिको बढ्दो आकर्षणले नै आफ्नो जित बलियो भएको उनको दाबी छ । कांग्रेसको दुई पटक महासमित र नेविसंघ अछामको अध्यक्षसमेत भइसकेका राजनले जिल्लाभरमा आफ्ना समर्थकहरू रहेको बताए । पुतली चुनाव चिह्न पाएर चुनावी प्रचारमा रहेका राजनको पक्षमा समर्थन गर्नेहरुको बढ्दै गएको उनका एक समर्थकले बताए ।

सत्तारुढ दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गरे पनि आमजनतामा सत्ता गठबन्धनले माहौल सिर्जना गर्न सकेको छैन। फरक–फरक विचार र सिद्धान्त बोकेका दलहरुबीच गठबन्धन भए पनि उनीहरुका परम्परागत मतदाताहरुले एकले अर्कोलाई सहजै मत दिने अवस्था बनेको छैन ।

बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मन्त्री कुँवरले भने कुनै व्यक्तिको स्वतन्त्र उम्मेदवारीले आफ्नो जितमा केही असर नपर्ने बताए । तीन ठूला पार्टीको साझा उम्मेदवार आफू भएको भन्दै उनले आफ्नो जित सहज भएको दाबी गरे ।

एमाले उम्मेदवार बोहरा गठबन्धनमा बागीले दिएको चुनौतीको फाइदा उठाउने सोचमा छन् । आफ्नो क्षेत्रमा एमाले एक ढिक्का भएको र गठबन्धका असन्तुष्टहरुले पनि आफूलाई मत दिने उनको भनाई छ । उनी यसअघि नेकपा माओबादी केन्द्रमा थिए । माओबादीबाट सोही ठाउँबाट प्रदेश सभा सदस्य पदमा विजयी भएका उनी यसपटक भने एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । कैलालीमा मतदाता नामावली रहेका उनलाई अहिले टुरिष्ट उम्मेदवारको आरोप पनि लागिरहेको छ ।

  • स्वतन्त्र उम्मेदवार
मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

समाचार

सबै

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.