कञ्चनपुर- कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा मतगणना कार्य सुरू भएको छ। जिल्ला समन्वय समिति महेन्द्रनगरको सभाहलमा गणना भइरहेको छ।
दिउँसो १ बजेदेखि गणना सुरू भएको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार शाहले जानकारी दिए । भीमदत्त नगरपालिका वडा नम्बर १, २ र ३ बाट एकैसाथ मत गन्न थालिएको हो ।
निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका रमेश लेखक र नेकपा एमालेकी निरुदेवी पालबीच कडा प्रतिस्पर्धा देखिएको छ। क्षेत्र नं. १ को मतगणना दिउँसो ३ बजेदेखि गन्न सुरू गरिने छ।
यस्तै क्षेत्र नं. २ को दिउँसो २ बजेदेखि मतगणना सुरु गर्न लागिएको मुख्य निर्वाचन अधिकृत मोहनी प्रसाद जोशीले जानकारी दिए। त्यहाँको मतगणनास्थल कालिका माध्यमिक विद्यालय असैना झलारीमा राखिएको छ।













