धनगढी- कैलाली क्षेत्र नं १ को प्रदेश निर्वाचन क्षेत्र २ मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी निर्वाचित भएका छन् । चौधरीले गठबन्धनका तर्फबाट काँग्रेसका डा. रणबहादुर रावललाई ३ हजार २६४ मतले पराजीत गरेका हुन् । रावल सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री समेत हुन् ।
चौधरीले ११ हजार ३१७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी रावलले ८ हजार ५३ मत प्राप्त गरेका छन् ।
२०७४ को प्रदेश सभा निर्वाचनमा चौधरी रावलसँग पराजित भएका थिए ।
सो चुनावमा उनी ८ हजार ८४५ मत सहित तेस्रो स्थानमा थिए भने नेकपा माओवादीका नेपबहादुर चौधरी ८ हजार ९०६ मत सहित दोस्रो स्थानमा थिए । रावलले ९ हजार ४३४ मत ल्याएर विजयी भएका थिए।
त्यस्तै चुनावी प्रतिस्पर्धामा रहेका नेकपा एमालेका द्वारिका न्यौपानेले ५ हजार ३२० मत र राप्रपाका डम्बरबहादुर थापाले १ हजार ३३८ मत प्राप्त गरेको छन् ।














