बाजुरा–बाजुरामा ३:३० बजेबाट मतगणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वदलीय बैठकले ३ :३० मिनेट पछि बाट मतगणना गर्ने सहमति भएको बैठक सहभागी एक नेताले बताएका छन् ।
निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधवार निर्णय गरेको भए पनि बाजुरामा मतगणना अनिश्चित बनेको थियो । आयोगको मतगणना निर्णय गरे सँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा तेस्रो पटक सर्वदलीय बैठक बोलाएको थियो ।
तेस्रो पटक नेकपा एमाले सहित सहभागी भएपछि मतगणना गर्ने सहमति भएको हो । नेकपा एमाले सहभागी बुधवार बेलुका भएको बैठक स्थगित भएको थियो ।














