धनगढी – सुदूरपश्चिम महोत्सवको आज छैठौं दिन हो । महोत्सवमा आज गायक सुगम पोखरेल, राजु कुस्मी र अन्जु कुस्मीको प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका सदस्य मिलन कुँवरले बताए । आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ ।
२८ गते गायक प्रकाश सपुत र रेखा जोशी आउने भएका छन् । मङ्सिर २२ देखि सुरु भएको महोत्सव पुस २ गते सम्म सञ्चालन हुनेछ ।
सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ।













