धनगढी- सुदूरपश्चिमका सुनचाँदी व्यवसायमा संलग्न व्यवसायीहरुले कैलालीले अत्तरियाका सुनचाँदी व्यवसायी विकास सुनार (स्वर्णकार)लाई गोली हान्ने समूहलाई पत्ता लगाई कारबाही गर्न माग गरेको छ ।
सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश, सुनचाँदी व्यवसायी संघ कैलाली, महाकाली सुनचाँदी व्यवसायी संघ र कैलाली आभूषण सुनचाँदी व्यवसायी संघले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई यथाशीघ्र पत्ता लगाई कारबाही गर्न माग गरिएको हो ।
हतियारधारी समूहले सुनारबाट ३० तोलाका सुनका गरगहना र नगद दुई लाख रुपैयाँ पनि बरामद गरिएको विज्ञप्तिमार्फत जनाइएको छ । साथै सुनचाँदी व्यवसायीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन पनि माग गरिएको छ ।















