बेइजिङ– चीनमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएको छ । यस्तो स्थितिमा चीनले विभिन्न आश्चर्यजनक निर्णय गरिरहेको छ ।
चीनले जनवरी ८ देखि विदेशबाट आउने यात्रुले क्वारेन्टाइनमा बस्न नपर्ने घोषण गरेको छ भने अन्तराष्ट्रिय सीमा पनि खौल्दैछ ।
चीनमा २०२० देखि करिव ३ वर्षपछि अन्तराष्ट्रिय क्वारेन्टाइन नियममा छूट दिन लागिएको हो । यो भन्दा पहिला डिसेम्बरमा नै विवादित कोभिड पोलिसी फिर्ता लिने घोषणा गरिएको थियो । यसको अत्यधिक विरोध भएको थियो ।
चीनमा कोेभिड पोलिसी फिर्ता लिएपछि संक्रमण तिव्रताका साथ बढेको हो । चीनमा तिव्रताका साथ कोरोना संक्रमित बढिरहेका समयमा चीनले ५ ठूला आश्चर्यजनक निर्णयहरु गरेको छ ।
विदेशबाट आएका यात्रु क्वारेन्टाइनमा बस्नु नपर्ने
चीनमा नोभेम्बरमा भएको विरोधपछि जीरो कोभिड पोलिसी हटाएको थियो । त्यसपछि चीनमा कोरोना तिव्र गतिमा बढेको बढ्यै छ । केहि शहरमा त दिनहुँ १० लाखसम्म संक्रमित भेटिएका छन् । त्यस्तै बेइजिङमा पनि अवस्था खराब रहेको छ ।
यस्तो स्थितिमा पनि चीनमा विदेशबाट आएका यात्रुका लागि क्वारेन्टाइन नियममा परिवर्तन गरिएको छ । जनवारी ८ देखि चीनमा आउने यात्रुहरुले क्वारेन्टीनमा बस्नु पर्ने छैन ।
यो भन्दा पहिला चीनमा अन्य देशबाट आउने यात्रुले ५ दिनका लागि होटल र तीन दिनका लागि सेल्फ आइसोलेशनमा राखिन्थो ।
अन्तराष्ट्रिय सिमा खुल्ला गर्ने
त्यति मात्र नभएर चीनले आफ्नो बोडर खोल्ने निर्णय गरेको छ । चीनमा सडक र पानीको बाटो हुदै आउनमा लगाइएको प्रतिबन्ध हटाइएको छ र यात्रुको आउने जाने विस्तारै शुरु हुन थालेको छ । त्यति मात्र नभएर विदेशबाट फकेर काम शुरु गर्ने, व्यापार, शिक्षाका लागि अथवा परिवार कहा फिर्ता आउने विदेशी यात्रुका लागि व्यवस्था अझ बढी राम्रो बनाउने र उनहिरुलाई भिजा दिने भएको छ ।
अन्तरराष्ट्रिय फ्लाइटको प्रतिबन्ध हटाइने
चीनमा अहिलसम्म पनि अन्तरराष्ट्रिय प्यासेन्जर फ्लाइटको संख्यामा नियन्त्रण राख्नका लागि फाइभ वान पोलिसी लागू गरेको थियो । जस अनुसार हरेक विदेशी एयरलाइन चिनमा मात्र केवल एउटभा एयर रुट आपनाउनु पर्ने थियो र हप्तामा एउटा मात्र फ्लाइट सन्चालन गर्थो । यस्तो गर्दा यात्रुको संख्यामा नियन्त्रण राहन्थ्यो । तर अहिले चीनमा उक्त पोलेसी समाप्त गर्ने घोषणा गरेको छ । यद्यपि अहिले पनि फ्लाइटमा यात्रुले माक्स समेत अन्य कोरोना नियमहरु पालना गर्नु पर्ने छ ।
कोरोनाका बिरामीको श्रेणी
चीनीया प्रशासनले कोरोनाको सामना गर्ने नयाँ रणनीति बनाएको छ । अहिले चीनमा कोरोनालाई क्लास बी डीजीजको श्रेणीमा राखिएको छ ।
यो श्रेणीमा डेंगुको ज्वरो जस्ता कम गम्भीर रोेग राखिन्छ । त्यति मात्र नभएर चीनमा अब कोरोनालाई निमोनिया नभएर संक्रमण भनिनेछ । राष्ट्रिय स्वास्थ्य आयोगले विरामीको वर्तमान खतराको स्तरलाई ध्यान दिदै उक्त परिवर्तन गरेको बताएको छ ।
२०२० देखि कोरोना क्लास ए क्याटोगरीमा थियो । त्यो समयमा कोरोना संक्रमित भेटिदा कडा प्रतिबन्ध लगाइथ्यो । संक्रमित मानिसलाई क्वारन्टीन गरिन्थो । सबन्धित व्यक्तिको जाच हुन्थे । संक्रमितको संख्या बढ्दा लकडाउन गरिन्थो । तर अब कोरोना बी क्याटोगरीमा राखिए पछि यी कुराहरु हुने छैनन् । अब केवल आवश्यक उपचार र संक्रमण रोक्नमा केन्द्रित हुनेछ ।
कोभिड तथ्यांक जारी नहुने
यो भन्दा पहिला नेशनल हेल्थ कमीशनले ‘अबबाट कोभिड तथ्यांक जारी हुदैन’ भनेको थियो । कोरोना तथ्यांक चाइनीज सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन द्वारा जारी गरिने कुरा कमीशनको तर्फबाट जारी गरिने छ भन्ने बताइएको थियो । यद्यपि सीडीसीले कति समयान्तरालमा तथ्यांक जारी गरिने छ भन्ने कुरा बताइएको थिएन ।
चीनम कोरोनाका कारण हाहाकार मच्चिएको छ । चीनमा पछिल्लो २० दिन यता २५ करोड मानिस कोरोना संक्रमित भएका छन् ।













