धनगढी- नेपाली काँग्रेसबाट नवनिर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको छ ।
नेपाल प्रेस युनियन कैलाली शाखाको आयोजनामा धनगढीस्थित विपी स्मृति भवनमा सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको हो ।
प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले प्रदेश सभामा निर्वाचित काँग्रेसका १९ जना सदस्यलाई खादा ओढाएर बधाई तथा सम्मान गरेका हुन्।
सो अवसरमा नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले आगामी पाँच वर्षे कार्यकाललाई सफल बनाउन सञ्चारकर्मीहरुको साथ र सहयोग आवश्यक रहेको प्रतिक्रिया दिए ।
नेपाली काँग्रेसबाट निर्वाचित कैलालीका प्रकाश बमले नेपाली काँग्रेसको नेतृत्व सरकार बनाउने गरि तयारी तथा छलफल भइरहेको बताए ।














