धनगढी –दार्चुलाको व्याँस गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् ।
नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षिय बालक दिपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएका हुन् ।
बिहिवार बिहान भारततिर खर काट्न गएकी आमाको पछिपछि गएका दिपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ ।
व्याँस क्षेत्रमा संचार सुविधा नभएका कारण घटना ढिलो गरि जानकारीमा आएको हो ।














