काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा आज काठमाडौं आइपुगेकी छन्। नेपाल रत्न तथा आभूषण संघले दरबारमार्गमा आयोजना गर्न लागेको फेसन रनवे अर्थात् चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा शो–स्टपरको रूपमा भाग लिन मलाईका नेपाल आएकी हुन् ।
मलाइका यसअघि पनि नेपाल आइसकेकी छन्। नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले आयोजना गरिएको तीन दिने एक्स्पोमा सर्वसाधारणले निः शुल्क प्रवेश पाउने छन्।













