लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यका मुगेर मुख्यमन्त्री गिरीलाई शपथ गराएका हुन् ।
बुधबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री गिरीले आज देउखुरी उपत्यकामा बनेको नवनिर्मित प्रदेशसभा भवनअगाडि आयोजित विशेष कार्यक्रममा शपथ लिएका हुन् ।













