काठमाडौँ – प्रतिनिधिसभाको सभामुख चयनको लागि मतदान प्रक्रिया सुरु भएको छ। सभामुखमा सत्ता गठवन्धनतर्फबाट नेकपा एमालेका देवराज घिमिरे र विपक्षीका तर्फबाट नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ।
सभामुखका लागि घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने छन्।
न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला छन्। प्रतिनिधिसभामा सभामुख पद जित्न १ ३८ मत आवश्यक पर्छ।













