काठमाडौँ – टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात मिस पबि पछिल्लो समय मोडलिङमा व्यस्त छिन् । उनले पछिल्लो दुई महिनायता एक दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् ।
सुनिल गिरीको ‘जुम्ला’बोलको गीतमा अभिनय गरेपछि उनी म्युजिक भिडियोमा खोजिएकी हुन् । उनले वेव सिरिजमा समेत अभिनय गरिसकेकी छिन् भने हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा समेत उनी देखिएकी छिन् ।
गत मंगलवार प्रशारण ‘मेरी बास्सै’को ७९२ भागमा उनको अभिनय हेर्न सकिन्छ ।
उनलाई आगामी भागमा पनि दर्शकहरुले देख्न सक्नेछन् । टेलिसिरियलमा लक्ष्मी गिरी, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, पल्पसा डंगोल, निरु खड्का, टिका भक्त जिरेल, लेखान्त भुषाल, दिवाकर भण्डारी लगायतको अभिनय रहँदै आएको छ ।













