• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

आर्थिक मन्दीको कारण देखाउँदै शिवशिखर सहकारीको धनगढी कार्यालय बन्द, पैसा डुब्ने चिन्तामा बचतकर्ता

  •   मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित

धनगढी- ‘खाता खोलेको पाँच वर्ष भयो । ५ लाख जति बचत होला । सबैले सहकारी संस्था बन्द भयो भनेपछि पैसा निकाल्न आएकी हुँ,’ मंगलबार धनगढीको शिवशिखर सहकारीको कार्यालय परिसरमा पुगेकी धनगढी ८ की केशरी रानाले भनिन्, ‘तर यहाँ सहकारी बन्द रहेछ । पैसा डुब्ने चिन्ताले सताएको छ ।’
कैलालीको धनगढीमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था अहिले बन्द भएपछि सहकारीमा बचतकर्ताको भिड लागेको छ । केशरी पनि अरु बचतकर्ता जस्तै आफ्नो पैसा डुब्ने चिन्तामा पुगेकी हुन् । नखाई नलाई राखेको पैसा सहकारीले डुबताउँछकी भन्ने चिन्तामा उनी छिन । केही दिनबाट सहकारी बन्द भएको सुनेपछि बचतकर्ताहरु सहकारीको कार्यालयमा पुगेका हुन् ।
धनगढी उपमहानगरपालिका ३ चटकपुरका तीर्थप्रसाद श्रेष्ठ पैसा लिन आउँदा सहकारी बन्द देखेपछि आफ्नो पैसा डुब्ने पीरमा छन् । एक वर्षबाट पैसा जम्मा गर्दै आएका उनी सहकारी नै बन्द भएपछि पैसा डुब्ने चिन्तामा छन् । ‘मुद्दतीको ११ लाख छ अब सहकारीमा विश्वास छैन,’ उनले भने, ‘अब जसरी पनि भएको पैसा झिक्न पायौ हुन्थ्यो भन्ने लागेको छ । सहकारीबाट लुटपाट भयो भन्ने खबर आएपछि हामी त्यहाँ पुगेका हौं ।’
धनगढी ५ का पारस बिशीले पनि विगत चार वर्षदेखि सहकारीमा पैसा जम्मा गर्दै आएका छन् । ‘विश्वास र भरोसामा मैले पैसा जम्मा गरेँं, साढे तीन लाख जति जम्मा होला,’ उनले भने, ‘यस्तो अवस्था आउला भन्ने सोचेकै थिएनौं, तर अब कार्यालय नै बन्द भएपछि कसरी विश्वास गर्ने ?’ सहकारीले विश्वास गर्ने केही आधार पनि नदेखाएको उनको भनाइ छ ।
कार्यालय बन्द गरेर सहकारीका म्यानेजरसहित कर्मचारी सम्पर्कविहीन भएपछि बचतकर्ताहरु चिन्तामा डुबेका छन् । अब पैसा कसरी उठाउने भनेर चौतर्फी गुहारीरहेका छन् उनीहरु ।
धनगढीकै सुरेश भट्टराई पनि पैसा आउन आशामा केही दिनदेखि सहकारी धाइरहेका थिए । तर अहिले सकारी बन्द भएको देखेपछि झस्किए । ‘म्यानेजरले एक करोड आउँदैत सबैको पैसा मिल्छ भनेपछि हामी हिजो पनि सहकारीमा आएका थियौं,’ उनले भने, ‘तर अहिले सहकारी बन्द छ, हिजोदेखि कुरेर बसेका छौं । सहकारी तीन देखि बन्द छ ।’
धनगढी उपमहानगरपालिका–१ धनगढीमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता रकम डुब्ने चिन्ताले सहकारी धाइरहेका छन् । सहकारीमा बचतकर्तासहित शेयरधनी पनि धाइरहेका छन् ।

आइतबारदेखि बन्द भएको सहकारीले मंगलबार भने एक सूचना जारी गर्दै आर्थिक मन्दीले पूजी व्यवस्थापन हुन नसक्दा कार्यालय बन्द गर्नुपरेको जानकारी दिँदै ग्राहक तथा शेयर सस्दयह ञरुसंग माफी मागेको छ । ‘आर्थिक मन्दीकाबीच बचतकर्ता एकै पटक चल्ती खाता, मुद्दती रकम र शेयर रकम झिक्न आउँदा पुजी व्यवस्थापन हुन नसक्दा तथा बजार लगानी (कर्जा) असुली नभएका कारण धनगढी कार्यालय केही दिनका लागि बन्द गरिएको सम्पूर्णमा जानकारी गराउँदछौँ ।’ सूचनामा उल्लेख छ ।
अर्को सूचना नआएसम्म तथा पुजी व्यवस्थापन नभएसम्म कार्यालय बन्द हुने जानकारी गराइएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका प्रदेश प्रमुख हेमराज जोशीले सूचना निकालेका हुन् ।

No description available.

  • आर्थिक मन्दी
  • सहकारी बन्द
मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.