काठमाडौँ – भूकम्पले टर्कीमा ठूलो मानवीय क्षति गरेको विवरण सार्वजनिक भएको छ । स्टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या २३ हजार नाघेको समाचार एजेन्सी एपीले जनाएको छ । अझै दशौँ हजार घाइते छन् । टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ ।
टर्कीमा १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका उद्धारकर्मीहरूले जनाएका छ्न् ।
टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल पनि गरेका छन् । विश्व ब्याङ्कले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घले टर्कीका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।














