धनगढी- कैलालीमा लागु औषध सहित तीन जना पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालय धनगढीको आरआइटि टोली र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले लागु औषध सहित तीन जनालाई पक्राउ गरेको हो।
लागु औषध सहित पक्राउ पर्नेमा बझाङ बुङ्गल नगरपालिका वडा नम्बर २ घर भई हाल कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ गौरीगङ्गाका ६२ बर्षिय गगने धामी रहेका छन् । सोही स्थानको बेल्पानीबाट चेकजाँच गर्दा उनको साथबाट ४ केजी चरेस बरामद गरिएको छ।
पक्राउ पर्नेमा अर्का कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ बाँसबारी स्थित पुष्पराज पुन मगरको घरमा डेरा गरी बस्ने चुरे गाउँपालिका वडा नम्बर ३ का २३ बर्षीया निर्मलाकुमारी रावत रहेकी छिन्। उनको साथबाट ३ ग्राम १६० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको छ।
यस्तै गोदावरी नगरपालिका वडा नम्बर १ धनगढी रोडमा बस्ने २४ बर्षिय राजन हमाललाई पक्राउ गरिएको छ । उनको घरबाट १ ग्राम ३४० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले बताएको छ ।













