काठमाडौँ – प्रेम दिवसको छेको पारेर प्राञ्जल पोखरेलको गीत ‘समय’ सार्वजनिक गरिएको छ । पोखरेलकै शब्द, संगीत रहेको गीतमा कमल रानाको एरेञ्ज छ । प्राञ्जललाई गायनमा गायिका वेनिशा पौडेलले साथ दिएकी छन् । गीतको भिडियोमा अनु आचार्य, अनिल पौडेल, आशिस कुमार केसी र गायक प्राञ्जलको अभिनय छ । भिडियोका निर्देशन गायक प्राञ्जलले नै निर्देशन गरेका हुन् ।
योगेश शाक्यको छायांकन, सम्पादन रहेको भिडियो बुटवल, भैरहवा र लुम्बिनीका रमणीय स्थानमा छायाँकन भएको छ । ‘समय’ दर्शक श्रोताका लागि एउटा राम्रो गीत दिने उदेश्यले आफुले बनाएको गायक प्राञ्जलले बताए ।























