डोटी– बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुराका लागि छुटेको सु.प.प्र. ०१००१ ख ३१०८ नम्बरको बस पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा बिहीबार बिहान ५ बजे दुर्घटनामा परेको हो ।
प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीका अनुसार बस सडकबाट करिब २० मिटर तल खसेको छ । घाइतेमध्ये ६ जनालाई जिल्ला अस्पताल डोटी पुराएर उपचार भइरहेको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ ।














