• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

टाट पल्टदै अमेरिकी र युरोपेली बैंक : विश्व अर्थतन्त्र कता जाँदैछ ?

  •   सोमबार, चैत ०६, २०७९ मा प्रकाशित

काठमाडौं – गएको साता युरोपेली सेयर बजार निकै तल खस्केको छ । गत बुधबार चैत १ गते स्वीट्जरल्यान्डको दोस्रो ठूलो बैंक क्रेडिट सुइसले केन्द्रीय बैंकबाट करिब ५४ अर्ब अमेरिकी डलर ऋण लिने घोषणा गरेसँगै युरोपेली बजारमा तीन प्रतिशतको गिरावट आएको थियो ।

युरोपेली बजारमा तनाव बढ्नु भन्दा अघिल्लो शुक्रबार अमेरिकाको १६ औं ठूलो सिलिकन भ्याली बैंकको पतन भएको थियो । त्यसको दुई दिनमै न्यूयोर्कको क्रिप्टो क्षेत्रमा लगानी गर्ने सिग्नेचर बैंकलाई नियामक निकायले बन्द गरेको थियो ।

यी घटनाहरुले अमेरिकी सेयर बजारमा दबाब बढाएको थियो । अमेरिका र युरोपेली बजारकै प्रभावले एसियाली बजार समेत लडखडाएका छन् ।

गएको साताको बिहीबार चीन, जापान, अष्ट्रेलिया, हङकङ र ताइवानका प्रमुख सेयर बजार इन्डेक्स एक प्रतिशत भन्दा बढीले घटेका थिए । आइतबार एसियाली बजारमा केही सुधार आए पनि युरोपेली बजार भने डेढ प्रतिशतसम्म ओर्लेर बन्द भएको छ ।

क्रेडिट सुइसको ९.८८ प्रतिशत शेयर धारक साउदी नेशनल बैंकले अब, थप लगानी नगर्ने घोषणा गरेपछि क्रेडिट सुइसको शेयर एकै दिन २४ प्रतिशतले घटेको थियो ।

अहिले स्वीट्जरल्याण्डको सबैभन्दा ठूलो बैंक युबीएसले संकटमा परेको आफ्नो प्रतिद्वन्द्वी क्रेडिट सुइस बैंकको ठूलो हिस्सा या पूरै बैंक खरिदका लागि कुरा अघि बढाएको छ ।

चीन र अमेरिकाबीच लामो समयदेखि चलिरहेको व्यापार युद्ध, कोभिड–१९को महामारीले निम्त्याएको वैश्विक बहुक्षेत्रीय संकट र सन् २०२१ को फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण गरेपछि जारी युद्धपछिका घटनाक्रमले विश्वलाई बहुआयमिक संकटतर्फ धकेलेको छ ।

यससँगै अहिले अमेरिकी बैंकको पतन र युरोपेली बैंकले आफ्नो वित्तीय कमजोरी प्रस्तुत गर्दै तरलता खोज्न थालेपछि विश्व नयाँ आर्थिक संकटको संघारमा पुगेको होकि भन्ने चिन्ता बढ्न थालेको छ ।

२००८ को आर्थिक संकटसँग तुलना

अहिलेको अवस्थालाई २१औँ शताब्दिको प्रारम्भमा भएको सन् २००७–२००८ को ठूलो विश्वव्यापी आर्थिक संकटसँग तुलना गर्न थालिएको छ ।

अमेरिकाको प्रमुख वित्तीय जोखिम विश्लेषक कम्पनी मुडीज एनालिटिक्सका प्रमुख इकोनोमिस्ट मार्क जान्डीले अहिलेको आर्थिक चुनौती सन् २००८को आर्थिक संकट जस्तो नभएको बताएका छन् ।

उनले ट्विट गर्दै भनेका छन्, “अहिलेको आर्थिक समस्या केही मध्यम आकारका टेक र क्रिप्टो क्षेत्रमा क्र्यास भएका बैंक (एसभीबी र सिग्नेचर) मा हो, ग्लोबल फाइनान्सियल क्राइसिसको समयमा ठूला–साना सबैं संस्थाहरु समस्यामा परेका थिए ।”

यस्तै उनले सन् २००८ को आर्थिक संकटपछि वित्तीय क्षेत्रमा निकै धेरै सुधार गरिएको कारणले त्यसपछिका आर्थिक संकटबाट बच्न महत्वपूर्ण आधार तयार भएको उल्लेख गरेका छन् ।

“ती सुधारहरूले बैंकहरूलाई उच्च पूँजी होल्ड गर्न, तरलता कायम गर्न र निकै जटिल आर्थिक परिस्थितिबाट बच्न कति पुँजी चाहिन्छ भनेर स्ट्रेस टेस्ट गर्न आवश्यक पारेको छ,” जाण्डी भन्छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टिएपछि आइतबार यी बैंकमा रहेको नागरिकको सबै पैसा चुक्ता गर्ने निर्णय तुरुन्तै गरेको थियो ।

२००८ को आर्थिक संकट त्यसबेलाको निकै ठूलो लेहमन ब्रदर्श बैंकको पतनका कारण सुरुवात भएको थियो, जुन स्थिति अहिले नदेखिएको मुडीजका प्रमुख अर्थशास्त्रीको भनाई छ ।

मार्क जान्डीले अहिलेको बढ्दो जीडीपी, पर्याप्त रोजगारी र निकै कम बेरोजगारी जस्ता कारण देखाउँदै अहिलेको अवस्था २००८को आर्थिक संकटभन्दा फरक हो भनेका छन् ।

लेहमन ब्रदर्शको पतन हुनु नौ महिनाअघि देखि नै चरम मन्दी र रियल स्टेट क्षेत्रको संकटले पनि २००८ को संकटमा योगदान पु¥याएको उनको भनाइ छ ।

२०२२ को अन्तिम क्वार्टरमा अमेरिकी जीडीपी २.९ प्रतिशतले बढेको थियो भने, बेरोजगारी दर ३.६ प्रतिशत छ । तर त्यतिबेला अमेरिकी जीडीपी ४.३ प्रतिशतले घटेको थियो भने बेरोजगारी दर १० प्रतिशत पुगेको थियो ।

क्रेडिट सुइसको समस्या कति गहिरो रु

क्रेडिट सुइसको समस्या गत २०२२ को सेप्टेम्बरमा नै ऋण डिफल्ट बढेपछि सतहमा आएकोे थियो । त्यतिबेलै यो बैंक सञ्चालनमा रहन नसक्ने र यसले आफ्ना ऋण तिर्न सक्ला र भन्ने प्रश्न उठेकोे थियो ।

पछिल्ला वर्ष देखिनै समस्यामा फसेको क्रेडिट सुइसको मूल्य २०१८ मा १६.४९ स्विस फ्रैंकबाट घटेर सन् २०२० को मार्चमा ६.६६ र अहिले दुई स्विस फ्रैंक भन्दा तल झरेको छ ।

पछिल्ला छ महिनामा यसको सेयर मूल्य निरन्तर घट्दो क्रममा थियो र ग्राहकहरुले पैंसा निकाल्दै आएका थिए ।

सिलिकन भ्याली बैंकको सन्दर्भमा यसले कुनै पनि प्रकारको बीमा र कुनै पनि पुँजी होल्ड नगरी अमेरिकी ट्रेजरी अथवा बन्डमा अर्बौं डलरको लगानी गरेको थियो ।

सरकारले जारी गर्ने बन्डहरु अनिश्चित र अस्थिर समयमा लगानीका लागि सुरक्षित सम्पत्तीका रुपमा मानिन्छ त्यसैले पनि सिलकन भ्याली बैंकले पूजी होल्ड नगरी लगानी गर्दा समस्या आएको देखिन्छ ।

बढ्दो ब्याजदरले अमेरिकी बन्डको मूल्य घट्दा सिलिकन भ्याली बैंक तनाव र दबाबमा परेको थियो । बन्ड र ब्याजदरबिचको सम्बन्ध उल्टो छ, जब ब्याजदर बढ्छ तब बन्डको मूल्य सामान्यतया घट्ने गर्छ ।

ग्राहकको माग पूरा गर्न सिलिकन भ्याली बैंकले ठूलो घाटामा आफ्नो लगानी बेच्नु पर्यो र यसले ग्राहकको माग पूरा गर्न नसक्ने भन्दै चिन्ता बढ्यो र बैंक डुब्न पुगेको थियो ।

तर, तुरुन्तै नियामकले कदम चालेर स्थिती सामाधान गरेको थियो । अमेरिकी अर्थ मन्त्रालय, फेडरल रिजर्भ र वित्तीय निक्षेप बीमा निगमले ग्राहकको पैसाको जमानत गर्दै सोमबारदेखि उपलब्ध गराएको छ ।

फरक परिदृष्य

अमेरिकाको पेन्सिलभेनिया कानुन विश्वविद्यालयका कर्पोरेट कानुनका प्रोफेसर डेभिड स्किलले अल जजिरासँग बोल्दै एसभीबीको पतनले विश्वमा आर्थिक संकट निम्तिने कुरामा आफुलाई विश्वास नलागेको बताएका छन् ।

यस्तै टेक्सस स्टेट युनिभर्सिटीका फाइनान्स र इकोनोमिक्सका एसोसिएट प्रोफेसर विलियम टी चिटेनडेनले पनि एसभीबीको प्रभाव सिमित रहने बताएका छन् ।

क्रेडिट सुइसको बिषयलाई लिएर जमर्नीको बाडर बैंकका पूँजी बजारका प्रमुख रोबर्ट हलभरले यो समस्या अमेरिकाबाट सुरु भएको र युरोपमा कसरी समस्या आाउँछ भन्ने कुरा हेर्न बाँकी रहेको बताएका छन् ।

विगतको एक दशकमा वैश्विक अर्थतन्त्रको महत्वपूर्ण हिस्सा अमेरिका र युरोप भन्दा बाहिर चीन, भारतलगायतका देशमासमेत फराकिलो दायरामा फिँजिएको छ ।

त्यसैले पनि अहिले देखिएका घटनाक्रमले वैश्विक आर्थिक संकटको सम्भावनालाई टाढै राखेको भन्न सकिन्छ । बाह्रखरी

 

  • युरोपेली बैंक
सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तिब्बततर्फ ५४६ जना बेपत्ता, १०४ नेपालीसहित २६१ विदेशी नागरिक परे
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
अमेरिकाको मिसिगनमा गोली हानाहान, दुई घरमा ६ जनाको मृत्यु, सन्दिग्ध आक्रमणकारी पनि मारिए
उत्तर कोरियाको आणविक दौड तीव्र
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता
विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह समेटिए

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.