• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सम्बन्धी पत्रकारसंग छलफल

  •   मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित

धनगढी- यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सम्बन्धी मंगलबार (आज) धनगढीमा पत्रकारसंग छलफल गरिएको छ । फाया नेपालको समन्वयमा आइपासले कैलालीका पत्रकारसंग छलफल गरेको हो ।

छलफल कार्यक्रममा बोल्दै स्वास्थ्य तालिम केन्द्र, धनगढीका प्रजनन स्वास्थ्य फोकल पर्सन रमा गिरीले कानुनी प्रावधानबारे जानकारी नहुँदा नेपालमा अपेक्षा गरिए अनुसार मातृ मृत्युदरमा कमी आउन नसकेको बताइन् । उनले पर्याप्त चेतनामूलक कार्यक्रम सञ्चालन नहुँदा, अन्धविश्वास, गर्भवतीहरू समयमै स्वास्थ्य संस्था नआउँदा, गर्भपतन सम्बन्धी कानुनी प्रावधान बारे जानकारी अभाव, नजिकै स्वास्थ्य संस्था नहुनुलगायतका कारण मातृ मृत्यु दर घट्न नसकेको बताइन् ।

उनका अनुसार यसै वर्षको ७ महिनाभित्र कैलालीमा चार जना महिलाको गर्भवती महिलाको मृत्यु भएको छ । त्यस्तै २०७८÷८९ मा ९ जना र २०७७÷७८ मा २० जना गर्भवतीको मृत्यु भएको तथ्यांक छ । यसबाहेक उनले कैलालीका चुरे र मोहन्याल जस्ता विकट पालिकामा जनशक्ति अभाव, नजिकै स्वास्थ्य संस्था नहुनुले स्वास्थ्य सेवा दिन थप कठिनाइ भएको बताइन् ।

आइपास नेपालका माधवी बज्राचार्यले २०६० देखि कानुनीरुपमा गर्भपतन गर्न पाउने सुविधा हुँदा पनि त्यसबारे पर्याप्त जानकारी नहुनाले अनिश्चित गर्भधारणलाई असुरक्षित तरिकाले गर्भपतन गराउने कारण मातृ मृत्युदरमा कमी आउन नसकेको बताइन् । उनले गर्भपतन गराउने स्वास्थ्य संस्थाबारे कतिपय महिलालाई जानकारी नहुनु र जथाभावी औषधि सेवनले पनि मातृ मृत्युदर बढेको बताइन् ।

‘गर्भपतन गराउन कुन–कुन संस्थाले मान्यता पाएको छ वा गर्भपतन गराउने व्यक्तिले त्यो सम्बन्धी तामिल लिएको छ वा छैन पनि थाहा पाउनुपर्छ,’ उनले भनिन्,’ ‘कति हप्तासम्मको गर्भपतन गराउन मिल्छ भनेर पनि थाहा पाउनुपर्ने हुन्छ ।’

उनका अनुसार नेपालमा अहिले पनि सात प्रतिशत महिला गर्भपतनका क्रममा ज्यान गुमाउँछन् । उनले पत्रकारहरुले गर्भपतन सम्बन्धी नेपालमा बनेका ऐन कानुनबारे कलम चलाउँदा पनि चेतना वृद्धि हुने विश्वास व्यक्त गरिन् ।

यद्यपि कैलालीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । स्वास्थ्य तालिम केन्द्रको तथ्याङ्क अनुसार २०७६/७७ मा एक हजार ९५१, २०७७/७८ मा दुई हजार ६२९ र २०७८/७९ मा पाँच हजार ५६७ ले सुरक्षित गर्भपतन गराएका छन् ।

ती मध्ये २०७६/७७ मा १८७, २०७७/७८ मा २१७ र २०७८/७९ मा ३६५ जना २० वर्ष मुनीका महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

प्रजनन स्वास्थ्य फोकल पर्सन गिरीका अनुसार कैलालीमा एक सय ७० स्वास्थ्य संस्था, ५५ वटा सुरक्षित गर्भपतन केन्द्र रहेपनि ४३ वटा सञ्चालनमा रहेका, ४६ वटा वर्थिङ सेन्टर, पाँच थरीका अस्थायी साधन पाउने सेवा केन्द्र ३६ र २३ वटा किशोर किशोरीमैत्री संस्था रहेका छन्।

यस्तै, कैलालीमा एक हजार दुई सय ६१ जना महिला स्वास्थ्य स्वयंसेवक छन् । कैलालीमा सेती प्रादेशिक अस्पताल, नवजीवन अस्पताल र टीकापुर अस्पताललेभने गर्भवतीको अप्रेसन गर्ने मान्यता पाएका छन् ।

  • सुरक्षित गर्भपतन
मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.