धनगढी – धनगढीमा रहेको सौभाग्य हस्पिटलले एक साता निःशुल्क ओपिडी सेवा दिन लागेको छ । आइतबारदेखि एक साता निःशुल्क ओपिडी सेवा दिन लागेको अस्पताल सञ्चालक समिति दिनेशराज जोशीले जानकारी दिए । यहाँका बिरामीहरूलाई अस्पतालसम्म सहज पहुँच होस भन्ने उद्देश्यले निःशुल्क ओपिडी सञ्चालन गरेको अध्यक्ष जोशीले बताए ।
सौभाग्य हस्पिटलले विशेषज्ञ सेवा सहित धनगढीको मुख्य सडक पुरानो भन्सार रोड जाने बाटो नजिकै सञ्चालनमा आएको हस्पिटलले २५ शय्याबाट सेवा सुरु गरेको थियो । अध्यक्ष जोशीका अनुसार अस्पतालले सस्तो र सर्वसुलभ शुल्कमा मुस्कानसहितको स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
यस्तै अस्पतालले विभिन्न ठाउँमा स्वास्थ्य शिविरहरु समेत सञ्चालन गरिरहेको छ । साथै अस्पतालले मेरुदण्डको शल्यक्रिया गर्ने विशेषज्ञ सेवा पनि दिने छ । बाल रोग, स्त्रीरोग, हाड जोर्नी तथा छाला, मुटु कलेजो सम्बन्धी रोग, मानसिक रोग, दन्त रोग लगायतको विशेषज्ञ सेवा दिइरहेको अध्यक्ष जोशीले बताए । उनका अनुसार अस्पतालमा आइसियु, एनआईसियुलगायतका सेवाहरू पनि रहेका छन् ।














