धनगढी- कैलालीको धनगढीमा रहेको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आजदेखि १५ दिने निःशुल्क रगत जाँचसहित विशेषज्ञ डाक्टरद्वारा निःशुल्क परामर्श तथा उपचार सेवा सुरु गरेको छ । धनगढी उपमहानगरपालिका–२, पुरानो भन्सार रोड चोकमा रहेको उक्त हस्पिटलले धनगढीमै पहिलो पटक उक्त सेवा सुरु गरेको हो ।
हस्पिटलले पेट,मुटु र छाती सम्बन्धी छाती दुख्ने, पोल्ने, श्वास फेर्न गाह्रो हुने, दम बढ्ने, पेट दुख्ने, पोल्ने, भोक नलाग्ने, अपच हुने, उच्च रक्तचाप, सुगर, थाइराइड जन्डिस, पिसाब पोल्ने, पिसाव कम बढी हुने, झमझम हुने रोगको विशेषज्ञ डाक्टरद्वारा निःशुल्क परामर्श तथा उपचार सेवा सुरु गरिएको अस्पतालका अध्यक्ष दिनेशराज जैशीले जानकारी दिए ।
त्यस्तै हाडजोर्नी सम्बन्धी हातखुट्टा दुख्ने, ढाड दुख्ने, घुँडा दुख्ने, सुन्निने, शरीर झमझमाउने, थकाइ लाग्ने, निदाउने, हड्डीहरु चर्किएको मर्किएको, जन्मजात हातखुट्टा बाङ्गो भएको, नसा दबेको वा नसाको जुनसुकै प्रकारको दुखाई, हाडजोर्नीहरु खिइएको,बाङ्गीएको, हड्डी पलाएको,प्लास्टर अप्रेशन विग्रिएको सम्बन्धि परामर्श तथा उपचार सेवाहरु रहेको हस्पिटलले जनाएको छ ।
महिला रोग सम्बन्धी पाठेघरमा मासु पलाएको, आङ खसेको उपचार तथा शल्यक्रिया, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, पाठेघरको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, निसन्तान तथा बाँझोपन सम्बन्धी चेक जाँच, स्तनमा गाँठागुठी, सेतो गन्हाउने पानी बग्ने, गर्भवती जाँच तथा परामर्श, डेलीभरी सेवा रहेको जनाइएको छ ।
त्यस्तै सर्जरी सम्बन्धी हाईड्रोसिल, हर्निया, एपेन्डिक्सको अप्रेशन, गाँठागुठी, पाईल्स, फिस्टुला, फिसरको अप्रेशन, दुर्विन विधीद्वारा पित्तथैली,मृगौला तथा मुत्रनलीमा पत्थरीको अप्रेशन, आन्द्रामा प्वाल परेको, फुटेको अप्रेशन सुम्बन्धि सेवा दिइने सौभाग्य हस्पिटलले जनाएको छ ।
त्यस्तै बालरोग सम्बन्धि बालबालिका रोइ रहने, खानामा रुची नदेखाउने, उमेर अनुसार विकास नभएको बेहोस हुने काम्ने,पेट दख्ने समस्याले ग्रस्त,जण्डिस तथा निमोनिया भएको टोलाई राख्ने,उचित ध्यान नदिने सम्बन्धि निःशुल्क परामर्श तथा उपचार सेवा रहेकोे जनाइएको छ ।
अस्पताले औषधीमा १० र ल्याब सुविधामा २० प्रतिशत छुट रहेको तथा फोनबाट पनि नाम दर्ता गर्न सकिने जनाएको छ ।















